हेटौँडा सडक विस्तार विवादसम्बन्धी मुद्दा पूर्ण सुनुवाइका लागि पेस हुने
काठमाडौँ । सर्वोच्च अदालतले हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवाद सम्बन्धी मुद्दा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्न र मुद्दालाई अग्राधिकार दिने आदेश जारी गरेको छ ।
पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले रिट दिएका थिए ।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै मङ्सिर १६ मा स्थानीयहरू सर्वोच्च पुगेका थिए ।
सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त मुद्दामा मङ्सिर २६ मा पेसी तोक्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो ।
मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश ‘मिसिल झिकाउने आदेश’ जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण