अरनिको माविले हात पार्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
सारांश
- अरनिको माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्यो।
- प्रतियोगितामा २५ स्वर्ण पदक जित्दै अरनिको पहिलो भयो, कुलमाया दोस्रो र मिड-भ्याली तेस्रो स्थानमा रहे।
- विभिन्न खेलका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरियो।
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि अरनिको माध्यमिक विद्यालयले हात पारेको छ । यही माघ १३ गतेदेखि आयोजना भएको सो प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले २५ स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ४८ पदक प्राप्त पार्दै विजेता बनेको हो ।
त्यसैगरी कुलमाया भगवती माध्यमिक विद्यालयले आठ स्वर्ण, तीन रजत र चार कास्य गरी कुल १५ पदकसहित दोस्रो स्थान हासिल गर्यो भने मिड–भ्याली सेकेन्डरी स्कुलले ६ स्वर्ण, पाँच रजत र चार कास्य गरी कुल १५ पदक प्राप्त गर्दै तेस्रो भयो । सामुदायिक तथा संस्थागत गरी ३५ विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा कुल ८९६ खेलाडीले एथ्लेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र करातेमा प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विजेता अरनिको माविलाई नगद रु ३० हजार, राष्ट्रपति रनिङ शिल्ड, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो । दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः रु २० हजार र १० हजार नगदसहित पदक र प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा करातेमा छात्रतर्फ मिड–भ्यालीका कृजेन श्रेष्ठ र छात्रातर्फ अरनिको माध्यमिक विद्यालयकी राधिका खत्री, उसुमा छात्रतर्फ मोडल जनता स्कुलका रेमन ठाडा मगर र छात्रातर्फ अरनिको माध्यमिक विद्यालयकी रिना खड्का, तेक्वान्दोमा छात्रतर्फ क्यान्डिड करियरका सुहान थापा मगर र छात्रातर्फ माउन्ट एभेरेन्टकी जेनी जोशी उत्कृष्ट खेलाडी घोषित भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले जानकारी दिए ।
त्यस्तै भलिबलमा छात्रतर्फ अरनिको माध्यमिक विद्यालयका विराज श्रेष्ठ र छात्रातर्फ सोही विद्यालयकी जुना श्रेष्ठ, कबड्डीमा छात्रतर्फ मिड–भ्यालीका नृजल प्रजापति र छात्रातर्फ सृजना राउत, एथ्लेटिक्समा छात्रतर्फ अरनिको माध्यमिक विद्यालयका सुवास बुढाथोकी र छात्रातर्फ कुलमाया भगवती माध्यमिक विद्यालयकी शिवमाया श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण