बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी गरिँदै

सोमबार, १९ माघ २०८२, १९ : ०६
सोमबार, १९ माघ २०८२

काठमाडौँ । नेपालमा पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी हुने भएको छ ।

काठमाडौँमा पत्रकार सम्मेलनमार्फत चितवनको भरतपुरमा ‘पहिलो अन्तरराष्ट्रिय डेरी एक्स्पो २०८२’ अन्तर्गत प्रतियोगितात्मक गाई प्रदर्शनी गर्न लागिएको आयोजक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिए ।

चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको संयुक्त आयोजनामा यही माघ २५ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुन लागेको र सोही कार्यक्रममा गाई प्रदर्शनी गरी पुरस्कार प्रदान गर्न लागिएको हो ।

बगालेले भन्नुभयो, “देशभरबाट गाई ल्याउनका लागि किसानहरुलाई अनुरोध गरिएको छ, त्यसमा आकर्षक, तथा गाईका लागि आवश्यक आहारविहार, स्वास्थ्य अवस्था सबै हेरेर प्रतियोगितात्मक गाई प्रदर्शनी गर्न लागिएको हो । पहिलो अनुभव हो, यसबाट गाईपालन प्रवद्र्धनका साथै नेपालमा पनि उन्नतस्तरका गाईहरु छन् भनेर देखाउन खोजिएको छ ।”

प्रतियोगितामा विजयी हुने गाईपालक किसानले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

अध्यक्ष बगालेले डेरीका उत्पादन र उद्यमशीलता प्रवद्र्धन, डेरी उत्पादन प्रक्रिया र वितरणमा नवीनतम प्रविधि तथा अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जाल, तालिम, अनुदान र उद्यमशीलताको अवसर प्रदान, गुणस्तर र जागरूकता वृद्धि, उपभोक्तालाई डेरी उत्पादनको महत्व बुझाउन पहिलोपटक अन्तरराष्ट्रिय प्रदर्शनी गर्न लागिएको जानकारी दिनुभयो ।

यसमा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र भुटानका उत्पादन र प्रविधिको समेत प्रदर्शनी हुने जनाइएको छ ।

---

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप