इयूको खाद्य सुरक्षा निकायद्वारा पाउडर दूधमा विषाक्त तत्वको सीमा प्रस्ताव
काठमाडाैँ । इयूको खाद्य सुरक्षा निकाय (इएफएसए) ले सोमबार दर्जनौँ देशहरूबाट पाउडर दूधमा कहिलेकाँही पाइने विषाक्तता नियन्त्रणका लागि नयाँ प्रस्ताव गरेको छ।
इएफएसएले भनेको छ, “शिशुको लागि प्रयोग हुने मात्रा (फर्मुला) मा प्रति लिटर ०.०५४ माइक्रोग्राम सेरुलाइड वा ६ महिनामाथिका शिशुका लागि तयार गरिने दूधमा प्रति लिटर ०.१ माइक्रोग्रामभन्दा बढीको एकाग्रताले ‘सुरक्षित स्तर पार गर्न’ सक्छ।”
इटालीस्थित इयूको खाद्य सुरक्षामामिला हेर्ने निकायले एक विज्ञप्तिमा भनेको छ, “यो सुझाव इयू जोखिम प्रबन्धकहरूलाई सावधानीका लागि सार्वजनिक स्वास्थ्य उपायको रूपमा उत्पादनहरू कहिले बजारबाट फिर्ता लिने भनेर निर्धारण गर्न मद्दत पुर्याउने उद्देश्यले गरिएको हो।”
यो नयाँ सुझावपछि दूधमा विषाक्तताको आवाजलाई साम्य पार्ने हो कि पुनः विरोध जारी रहने हो भन्ने तत्काल केही भन्न सकिने अवस्था रहेको छैन ।
नेस्ले, डानोन र ल्याक्टालिसजस्ता प्रसिद्ध धेरै निर्माताहरूले सेरुलाइड मात्राको जोखिमबारे आवाज सशक्त उठेपछि डिसेम्बरदेखि फ्रान्ससहित ६० भन्दा बढी देशहरूमा पहिलो ६ महिनाका शिशुका लागि तयार पारिएको र बजारमा पठाइएको उत्पादनलाई फिर्ता बोलाएका छन्।
फ्रान्सेली स्वास्थ्य मन्त्रालयका अनुसार कुनै–कुनै जीबाणुले उत्पादन गर्ने सेरुलाइडको विषाक्तताले ‘बान्ता वा झाडापखालाजस्ता पाचन समस्याहरू निम्त्याउने सम्भावना हुन्छ।'
फ्रान्समा दुई बच्चाहरूको मृत्युपछि यसबारे दुई अनुसन्धान खोलिएको थियो, जसले ब्याक्टेरिया पदार्थको ‘सम्भावित प्रदूषण’ को कारण नेस्लेले फिर्ता लिएको ‘शिशु फर्मुला’ खाएको थियो।
फ्रान्सको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म मृत्यु र दूध सेवनबिच कुनै सम्बन्ध नभएको बताएको छ ।
युरोपेली खाद्य सुरक्षा प्राधिकरण (इएफएसए) लाई युरोपेली आयोगले बच्चाहरूको उत्पादनहरूमा सेरुलाइडको लागि मानक स्थापना गर्ने जिम्मेवारी दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण