होलीको अवसरमा सामसङले ल्यायो भारी छुट
सारांश
- सामसङ नेपालले फागु पूर्णिमाको अवसरमा वाशिङ मेसिन र फ्रिजमा विशेष अफर ल्याएको छ।
- यस अफरअन्तर्गत ग्राहकहरूले वाशिङ मेसिनमा २३% र फ्रिजमा १७% सम्मको क्यासब्याक पाउनेछन्।
- कम्पनीले शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा र निःशुल्क जडानको व्यवस्था गरेको छ।
काठमाडौँ । सामसङ नेपालले फागु पूर्णिमा अर्थात् होलीको पावन अवसर पारेर आफ्ना होम अप्लायन्सहरूमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले वाशिङ मेसिन र रेफ्रिजिरेटरको खरिदमा आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज बोनससहितको योजना घोषणा गरेको हो।
फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभर लागू हुने यस अफरले नयाँ उपकरण किन्न चाहने ग्राहकलाई ठूलो राहत दिने देखिएको छ। अफरअन्तर्गत ७ देखि १२ केजीसम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड र सेमी-अटोमेटिक टप-लोड वाशिङ मेसिनहरूमा ग्राहकले अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।
त्यसैगरी रेफ्रिजरेटरतर्फ पनि कम्पनीले लोभलाग्दो छुटको व्यवस्था गरेको छ। सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ। सामसङका वाशिङ मेसिनमा डीआइटी मोटरमा २० वर्षको वारेन्टी र भोल्टेज फ्लक्टुएसनबाट हुने जोखिम कम गर्न ४०० भोल्टेजसम्मको सुरक्षा कवच रहेको छ। फ्रिजमा पनि ३०० भोल्टेजसम्मको सुरक्षा प्रणाली जडान गरिएको छ जसले गर्दा उपकरणको टिकाउपनमा ढुक्क हुन सकिन्छ। यी सबै मोडेलहरूमा कम्पनीले निःशुल्क जडान (इन्स्टलेसन) को सुविधा समेत दिने बताएको छ।
बजेटको अभाव भएका ग्राहकहरूका लागि सामसङले हुलास फिनसर्भसँगको सहकार्यमा 'इन्स्टाफाइनान्स' सेवा पनि उपलब्ध गराएको छ। जसअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई (EMI) मार्फत आफूलाई मनपर्ने सामान घर लैजान सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण