मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पीएस गुरुङ
मङ्गलबार, २० माघ २०८२, १४ : १८
सारांश
- एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले लमजुङबाट चुनाव जित्ने दाबी गरेका छन्।
- उनले लमजुङमा धेरै योजना र सपना पूरा गर्न मतदाताले विश्वास गर्ने बताए।
- गुरुङले आफू चुनाव जिते पनि हारे पनि जिल्लामा निरन्तर काम गरिरहेको बताए।
काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा(पीएस) गुरुङले लमजुङबाट आफूले चुनाव जित्ने दाबी गरेका छन् ।
मंगलबार प्रेस चौतारी नेपालले गरेको साक्षात्कारमा बोल्दै गुरुङले आफू चुनाव जितेरै आउने दाबी गरे ।
‘लमजुङमा मैले चुनाव हार्नुपर्ने कारण छैन, चुनाव जितेर आउँछु’, गुरुङले भने,‘लमजुङमा धेरै योजनाहरू अधुरा छन्,ती योजना र सपना पूरा गर्न पनि मतदाताले आफूलाई विश्वास गर्छन् ।’
एमालेका उपाध्यक्ष समेत रहेका गुरुङले आफू जितेपनि हारे पनि जिल्लामा निरन्तर काम गरिरहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण