धनगढीलाई महानगर बनाउने कांग्रेस उम्मेदवारको प्रतिबद्धता
मङ्गलबार, २० माघ २०८२, १९ : ०४
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले धनगढी उपमहानरपालिकालाई महानगरपालिका बनाउने प्रस्ताव गरेका छन् ।
मंगलबार धनगढीमा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शाहले धनगढीलाई महानगरपालिका बनाउनुपर्ने बताएका हुन् । प्रतिबद्धतापत्रमा उनले आफू निर्वाचित भए संघीय सरकारसँग यसबारे पहल गर्ने उल्लेख गरेका छन् ।
चुनावी घोषणा पत्र सार्वजनिक गर्दै शाहले संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताएका छन् । उनले सुदूरपश्चिमका विकास परियोजना अगाडि बढाउन यस क्षेत्रबाट निर्वाचित हुने सांसदहरूको कोष बनाएर सदनमा आवाज उठाउन पहल गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण