गोरखाको निर्वाचन तयारीबारे अर्थमन्त्रीद्वारा अनुगमन
गोरखा । गोरखाको निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले अनुगमन भ्रमण गरेका छन् ।
मंगलबार दिउँसो छुट्टाछुट्टै गोरखा आइपुगेका उनीहरूले जिल्लाको निर्वाचनको तयारी, सुरक्षा प्रबन्धका बारेमा अध्ययन, अनुगमन, भ्रमण तथा छलफल गरेका हुन् ।
अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा पुगी वस्तुगत अध्ययन तथा छलफल गरेका छन् ।
सो क्रममा ती दुवै कार्यालयले निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसारका सबै चरणहरू पूरा भइसकेको जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए।
“उहाँले निर्वाचन सभ्य, भव्य, निष्पक्ष, भयरहित ढङ्गले सबैको सरसहयोगको खाँचो रहेकाले सर्वपक्षीय, सर्वदलीय बैठक, छलफल, समन्वय र सहकार्यलाई जारी राख्न निर्देशन दिनुभयो”, कोइरालाले भने ।
अर्थमन्त्री खनाल मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको अनुगमन भ्रमण गरेर जिल्ला प्रशासन कार्यालयमा आउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताए ।
उनले भने, “हामीले हालसम्म भए गरेका प्रगतिका विवरण सबै सुनायौँ । उहाँले सोचेभन्दा धेरै प्रगति भएको रहेछ भन्ने प्रतिक्रिया दिएर जानुभयो ।” गोरखाको भ्रमण सकेर अर्थमन्त्री खनाल तनहुँ, लमजुङ हुँदै म्याग्दीसम्म जाने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।
त्यस्तै नायब महानिरीक्षक जिसीले जिल्ला प्रहरी कार्यालय गोरखा, इलाका प्रहरी कार्यालय आरुघाट र इप्रका ठाँटीपोखरीको अनुगमन गरेका छन् । सो अवसरमा उहाँले निर्वाचन सुरक्षा चुनौती तथा सुरक्षाकर्मी परिचालन प्रबन्धको अवस्थाबारे सोधपुछ गरेका थिए।
साथै जटिल भौगोलिक अवस्थितिमा अपनाउन सकिने सुरक्षा वस्तुस्थितिबारे पनि सोधपुछ गरेका थिए । जिल्ला प्रहरी कार्यालयले सो विषयमा जानकारी गराएपछि नायब महानिरीक्षक जिसीले सुरक्षा व्यवस्थाप्रति सन्तोषजनक रहेको टिप्पणी गर्दै आगामी फागुन २१ गते हुने चुनाव स्वच्छ, निष्पक्ष, भयरहित बनाउन उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण