धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै
सारांश
- धरानमा बक्सिङ फाइट नाइट २०२६ प्रतियोगिता माघ २३ गते हुने भएको छ।
- प्रतियोगितामा प्रोफेसनल र एमेचर खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
- विजेताहरूले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्।
सुनसरी । खेल प्रवर्द्धन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले धरानमा यही माघ २३ गते बक्सिङ ‘फाइट नाइट २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ ।
धरान बक्सिङ संस्थाको आयोजनामा धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङहिम हलमा बक्सिङ ‘फाइट नाइटको दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । साँझ ४ बजेदेखि सुरु हुने प्रतियोगितामा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ ।
धरानमा बक्सिङ खेलको विकास, विस्तार र प्रवर्द्धन गर्दै युवालाई खेलमार्फत अनुशासित, सक्रिय र सामाजिक रूपमा जिम्मेवार बनाउने उद्देश्यसहित २०८१ सालमा धरान बक्सिङ संस्था स्थापना गरिएको संस्थाका सचिव महेश आलेमगरले बताए ।
प्रतियोगितामा खेलाडीहरूले प्रोफेसनल र एमेचर गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रोफेसनल प्रतिस्पर्धामा कोशी प्रदेशअन्तर्गत धरान, धनकुटा, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल प्रहरी क्लबका खेलाडी सहभागी हुनेछन् । बागमती प्रदेशबाट काठमाडौँ र मकवानपुरका खेलाडीको सहभागिता रहनेछन् भने एमेचर विधातर्फ धरान, धनकुटा, उदयपुर र झापाका खेलाडी सहभागी हुने सचिव मगरले जानकारी दिए ।
प्रतियोगिताको प्रोफेसनल तर्फको विजेताले नगद रु ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु २५ हजार र प्रमाणपत्र पाउनेछन् । एमेचर विधातर्फ विजेताले नगद रु १० हजार, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु पाँच हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् साथै एक जना खेलाडी बराबर रु पाँच लाखको इन्स्योरेन्ससमेत गरिने मगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण