बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘धुरन्धर २’ को टिजर सार्वजनिक

बुधबार, २१ माघ २०८२, १० : १५
बुधबार, २१ माघ २०८२

मुम्बई । बलिउड सुपरस्टार रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर २’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। १ मिनेट १२ सेकेन्ड लामो यस टिजरमा रणवीर सिंह पुनः एकपटक आफ्नो दमदार र खतरनाक अवतारमा देखिएका छन्। 

हातमा बन्दुक, छोटा कपाल र आँखामा प्रतिशोधको ज्वाला बोकेका रणवीरको लुक्सले दर्शकमाझ निकै कौतुहलता जगाएको छ। टिजरमा रणवीर पुनः हमजा अली मजारीको भूमिकामा फर्किएका छन्, जसले यसपटक जसकीरत सिंह रङ्गी हमजामा कसरी परिवर्तन भयो र उसको परिवारले भोग्नुपरेको संकटको कथालाई उजागर गर्ने संकेत दिएको छ।

यसपटकको श्रृंखलामा कलाकारहरूको जम्बो टोली देख्न पाइनेछ। टिजरमा रणवीरका साथै अर्जुन रामपाल, सञ्जय दत्त र आर. माधवनको झलक देखाइएको छ। अर्जुन रामपालले ‘मेजर इकबाल’ नामक मुख्य खलनायक (आईएसआई एजेन्ट) को भूमिका निभाएका छन् भने सञ्जय दत्त एसपी चौधरी असलमको रूपमा देखिएका छन्। यस्तै, आर. माधवन अजय सान्यालको भूमिकामा दोहोरिनेछन्। 

पहिलो भागमा मृत्यु भइसकेका कारण अक्षय खन्ना भने टिजरमा देखिएका छैनन्, उनलाई फ्ल्यासब्याक दृश्यहरूमा मात्र देख्न सकिने सम्भावना छ। 

टिजरले सार्वजनिक भएको छोटो समयमै युट्युबमा रेकर्ड कायम गरिरहेको छ। रिलिज भएको पहिलो घण्टामै करिब ८ लाख ३३ हजारभन्दा बढी पटक हेरिएको यो टिजरले ‘रकी और रानी की प्रेम कहानी’, ‘पठान’ र ‘केजीएफ २’ जस्ता ठूला फिल्मको रेकर्डलाई समेत पछाडि पारेको छ। हालसम्म यसलाई ७२ लाखभन्दा बढीले हेरिसकेका छन्।

फिल्मको पूरा नाम ‘धुरन्धर : द रिभेन्ज’ राखिएको छ र यसलाई आदित्य धरले लेखन तथा निर्देशन गरेका हुन्। यो हाई-एक्शन स्पाई थ्रिलर फिल्म आगामी १९ मार्च २०२६ मा हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा हलहरूमा प्रदर्शन हुनेछ। 

रोचक कुरा के छ भने, बक्स अफिसमा यस फिल्मको सिधा टक्कर साउथ सुपरस्टार यशको फिल्म ‘टक्सिक: ए फेयरी टेल फर ग्रोन-अप्स’ सँग हुनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप