डिज्नीको नयाँ सीईओमा जोस डी’अमारो नियुक्त
वासिङ्टन डिसी । अमेरिकी मनोरञ्जन कम्पनी वाल्ट डिज्नीले जोस डी’अमारोलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।
लामो समयदेखि चल्दै आएको नेतृत्व उत्तराधिकारीको अड्कलबाजीलाई अन्त्य गर्दै कम्पनीले आफ्नो पार्क तथा एक्स्पेरियन्स प्रमुख डी’अमारोलाई नयाँ सीईओ घोषित गरेको हो ।
मंगलबार बिहान सार्वजनिक गरिएको यो निर्णयअनुसार वर्तमान सीईओ बब आइगरको स्थान डी’अमारोले लिनेछन् । यस अघि डिज्नीको टेलिभिजन र स्ट्रिमिङ विभाग सम्हालिरहेकी डाना वाल्डेनलाई सीईओको प्रमुख दाबेदार मानिएको थियो । वाल्डेनलाई भने कम्पनीको अध्यक्ष तथा प्रमुख सिर्जनात्मक अधिकृतमा नियुक्त गरिएको छ ।
५४ वर्षीय डी’अमारो सन २०२० देखि डिज्नी एक्स्पेरियन्स (थीम पार्क, क्रुज र उपभोक्ता अनुभव)को नेतृत्व गर्दै आएका थिए । उनी बब च्यापेकपछि पार्क डिभिजनबाट सीईओ बन्ने दोस्रो व्यक्ति हुन् ।
च्यापेकको छोटो कार्यकालपछि आइगर २०२२ मा पुनः सीईओको रूपमा फर्किएका थिए । उनको पुनरागमनले डिज्नीमा आन्तरिक तनाव र शक्ति संघर्ष जन्माएको थियो । त्यसैले यो पटकको उत्तराधिकारी प्रक्रिया कम्पनीका लागि निकै संवेदनशील मानिएको थियो ।
आइगरले विज्ञप्तिमा डी’अमारोलाई डिज्नी ब्रान्डको गहिरो बुझाइ भएको, सिर्जनात्मकता र सञ्चालन क्षमतालाई सन्तुलनमा राख्न सक्ने असाधारण नेता भनेका छन् । डी’अमारो डिज्नीका सुपर–फ्यानहरूमाझ बढी लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण