डन्डीफोर फुटाउने बानी छ ? बिग्रिएला अनुहार
सारांश
- डन्डिफोरलाई चलाउँदा छालामा दाग र संक्रमणको जोखिम बढ्छ, त्यसैले यसो नगर्नुहोस्।
- डन्डिफोर निचोर्दा छालाको कोषहरूमा क्षति पुग्छ, जसले जलन र सुन्निने समस्या निम्त्याउन सक्छ।
- डन्डिफोरलाई निचोर्दा छालाको भित्री तहमा रहेका तत्वहरू बाहिर निस्कन नसक्दा गहिरो खाडल र दाग बन्न सक्छ।
काठमाडौँ । अनुहारमा सानो बिबिरा वा डन्डीफोर आएको छ भने पनि हामीलाई फुटाउन वा चलाउन मन लागिहाल्छ । डन्डीफोर निकाल्दा सन्तोष त महसुस होला । तर यो बानी तपाईंको छालाको लागि राम्रो हुन्न ।
डन्डिफोर निकाल्दा छालामा दाग लाग्न सक्न अनि संक्रमणको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्ने विज्ञहरू भन्छन् । तपाईंको मुहारमा डन्डिफोर आएको छ भने जति नै सकसक लागेपनि यसलाई फुटाउने भूल भने नगर्नु होला । तपाईंको यो बानी अनुहारका लागि सजाय बन्न सक्छ ।
सङ्क्रमणको जोखिम
जब डन्डिफोर चलाउनु हुन्छ तपाईँले आफ्नो छालामा खुला घाउ सिर्जना गर्नुहुन्छ । हाम्रा हात र नङहरूमा अनगिन्ती ब्याक्टेरियाहरू हुन्छन् । डन्डिफोर फुट्ने बित्तिकै, यी ब्याक्टेरियाहरू खुला प्वालबाट छालामा प्रवेश गर्न सक्छन् । यसले डन्डीफोरको ठाउँमा गम्भीर सङ्क्रमणको जोखिम बढाउँछ, जसले दुखाइ र पिपलाई अझ बढाउन सक्छ ।
छालामा जलन र सुन्निने
हाम्रो छाला धेरै संवेदनशील हुन्छ । तर हाम्रो नङहरू यो भन्दा धेरै कडा र बलिया हुन्छन् । आफ्नो नङले डन्डिफोर निर्चोन वा चलाउन छालामा बलियो दबाब दिनुहुन्छ, वरपरका कोषहरू क्षतिग्रस्त हुन्छन् । यसले छालामा जलन निम्त्याउन सक्छ र सुन्निन पनि सक्छ ।
मानिसहरू प्रायः डन्डीफोर निकाल्ने उपकरणहरू प्रयोग गर्छन् । तर चिकित्सा सल्लाह बिना यस्ता उपकरण प्रयोग गर्दा छालाको पत्र निस्कन सक्छ । त्यसैले, यी उपकरणहरू कहिल्यै आफ्नो मनखुसी प्रयोग नगर्नुहोस् ।
छालामा दाग
डन्डीफोर निचोर्दाको सबैभन्दा खराब परिणाम दाग हो । यी दाग स्थायी हुन्छन् । यदि तपाईँले डन्डीफोर निचोर्न धेरै दबाब दिनुभयो भने यसले रक्तस्राव गराउन सक्छ अनि छालाको तन्तुलाई गहिरो क्षति पुर्याउन सक्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि धेरै पिम्पलहरू सतहमा हुन्नन्, छालाको भित्री तहसम्म पुगेका हुन्छन् । त्यसकारण यसलाई निचोड्दा बाहिर निस्कनुको सट्टा भित्रै रहन्छन् । उल्टै छालालाई हानि पुर्याउँछन् । जुन पछि गहिरो खाडल वा कालो दागमा परिणत हुन्छ ।
डन्डीफोर चलाउनु वा झिकेर फ्याक्नु यो काम गरिरहँदा त सही लाग्न सक्छ । तर यसको परिणामले तपाईंको सुन्दरतालाई बिगार्न सक्छ । त्यसकारण, डन्डीफोर गम्भीर समस्या हो भने आफैँले उपचार गर्ने प्रयास गर्नुको सट्टा पेशेवर सल्लाह लिनु बुद्धिमानी हुन्छ ।
(अस्वीकरणः यो सामाग्री अनलाइन स्रोतका आधारमा तयार पारिएको हो । )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण