माओवादी मुस्ताङका पूर्व अध्यक्ष थकाली र एमाले नेतृ गुरुङ कांग्रेस प्रवेश
बुधबार, २१ माघ २०८२, १५ : ५३
पोखरा । मुस्ताङका साविक नेकपा माओवादी केन्द्र पूर्व अध्यक्ष गणेश थकालीसहितका नेताहरू बुधबार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
माओवादीका पूर्व अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष थकालीसँगै नेकपा एमाले मुस्ताङकी जिल्ला सदस्य प्रतिभा गुरुङ र ताक्लुङका नेता चन्द्र विक कांग्रेस प्रवेश गरेका हुन् ।
उनीहरूलाई कांग्रेस मुस्ताङका सभापति एवं पूर्व मन्त्री रोमी गौचन थकालीले पार्टीमा स्वागत गरे । गौचनले प्रजातान्त्रिक मूल्य मान्यता, समावेशी राजनीति र जनताको सेवामा विश्वास गर्नेहरूको आगमनले पार्टीलाई मुस्ताङमा अझ सशक्त बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण