काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी
सारांश
- टर्किस एयरलाइन्सको जहाज काठमाडौँबाट इस्तानबुलका लागि उडेको थियो, तर इन्जिनमा आगो लागेपछि कोलकातामा आपतकालीन अवतरण गरियो।
- उडान भरेको चार मिनेटमै इन्जिनमा समस्या देखिएपछि पाइलटले एटीसीलाई जानकारी गराए, र कोलकातामा सुरक्षित अवतरण गरियो।
- जहाजमा २३६ जना यात्रु सवार थिए र सबै सुरक्षित छन्, प्राविधिक टोलीले इन्जिनमा लागेको आगोको कारणबारे अनुसन्धान गरिरहेको छ।
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएपछि भारतको कोलकातामा आपतकालीन अवतरण गरिएको छ। बुधबार दिउँसो १: २८ बजे उडान भरेको ‘टीएचवाई ७२७’ नम्बरको जहाजको दाहिने इन्जिनमा आकाशमै आगो देखिएपछि जहाजलाई डाइभर्ट गरिएको हो।
विमानस्थल कार्यालयका अनुसार उडान भरेको करिब चार मिनेटमै जहाजको इन्जिनमा समस्या देखिएको थियो। चालक दलका सदस्यले इन्जिनमा आगो लागेको संकेत पाएपछि तत्कालै काठमाडौँ एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई जानकारी गराएका थिए ।
लगत्तै काठमाडौँ विमानस्थलमा करिब १५ मिनेटका लागि उडान र अवतरण बन्द गरी आपतकालीन तयारी गरिएको थियो। यद्यपि, पाइलटले जहाजलाई कोलकातातिर मोड्ने निर्णय गरेपछि अनुमति दिइएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिए।
जहाजमा २३६ जना यात्रु सवार थिए। कोलकाताको नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो करिब २: ४९ बजे जहाजलाई सुरक्षित रूपमा अवतरण गराइएको छ । अवतरणका क्रममा कोलकाता विमानस्थलमा दमकल र एम्बुलेन्ससहितको टोली तयारी अवस्थामा राखिएको थियो । सबै यात्रुहरू सुरक्षित रहेको र कसैलाई पनि चोटपटक नलागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हाल सो जहाज कोलकाता विमानस्थलमै रहेको र प्राविधिक टोलीले इन्जिनमा देखिएको समस्या र आगलागीको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।
Kolkata Airport | Full emergency landing of Turkish 727, from Kathmandu to Istanbul at Kolkata airport. The Captain informed Kolkata ATC about a possible fire on the right engine. The aircraft is at Kolkata airport now. An inspection is going on. https://t.co/tMDpuMNJn3 pic.twitter.com/UYyE2JR7jI
— ANI (@ANI) February 4, 2026
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण