प्रलोपाले भन्यो– पार्टी एकताबद्ध छ
बुधबार, २१ माघ २०८२, १७ : १८
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेतृत्वका सन्दर्भमा गलत टीका–टिप्पणी र भ्रामक सूचनाहरू प्रकाशित तथा प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले प्रेस विज्ञप्ति जारी गर्दै वास्तविकतामा त्यस्तो कुनै अवस्था नरहेको स्पष्ट पारेका हुन् ।
प्रलोपाका सम्पूर्ण नेताहरू एकताबद्ध रूपमा पार्टीको निर्णयअनुसार निर्वाचनमा सक्रिय रूपमा सहभागी भएका समेत अध्यक्ष परियारले बताए ।
आधारहीन, गलत प्रचार–प्रसार तथा भ्रामक समाचारहरूमा विश्वास नगर्न आम पार्टी पङ्क्ति तथा सम्पूर्ण जनसमुदायमा अपिल समेत गरिएको छ ।
तथ्य र पुष्टि बिना समाचार सम्प्रेषण नगर्न सबै सञ्चार माध्यमहरूलाई पनि अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण