बक्सर खेलाडी सम्मानित
सारांश
- एक्स मकाउ बक्सिङ ग्रुपले चन्द्रबहादुर थापालाई नगदसहित सम्मान गर्यो, उनले विश्व बक्सिङमा कास्य जितेका थिए।
- लालप्रसाद उप्रेतीलाई पनि नगद पुरस्कारले सम्मान गरियो, उनले क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए।
- प्रशिक्षकहरूलाई पनि सम्मान गरियो, जसमा रामचरित्र मेहता र राम अवालेलगायत उपस्थित थिए।
- चन्द्रबहादुरले ५४ केजी तौल समूहमा कास्य पदक जितेका थिए।
काठमाडौँ । एक्स मकाउ बक्सिङ ग्रुपले आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्यपदक जितेका चन्द्रबहादुर थापालाई आज नगदसहित सम्मान गरेको छ ।
सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद उप्रेती पनि नगदसहित सम्मानित भए ।
डिसेम्बर ३ देखि १३ तारिखसम्म दुबईमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजीमा चन्द्रले कास्यपदक जितेका थिए । विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र एक्लो नेपाली बक्सिङ खेलाडी हुन् । उनले तीन राष्ट्रका खेलाडीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका थिए ।
चन्द्रले रु ३० हजार र लालबहादुरले रु २० हजार नगद पुरस्कार पाए । पुरस्कार राशिका लागि एक्स मकाउ बक्सिङ ग्रुपका संयोजक तेजबहादुर चन्दले समन्वय गरेको नेपाल बक्सिङ महासङ्घका सचिव पुष्करराज पन्तले बताए ।
सोही अवसरमा प्रशिक्षकत्रय बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीलगायतले एक कार्यक्रमबिच सम्मान प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण