राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
सारांश
- सरकारले फागुन ६, ७ र ८ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ।
- प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन गर्यो।
- समारोहमा नेपालभर र विदेशस्थित दूतावासहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।
बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य छन् । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य–सचिव छन् ।
निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेश स्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा गरिनेछ ।
राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ हाम्रा लागि एकदमै महत्त्वपूर्ण भएको प्रधानमन्त्री सुशीला कार्कीले बताइन् ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण