बैतडी बस दुर्घटना : सभापति थापाद्वारा गहिरो दुःख व्यक्त
शुक्रबार, २३ माघ २०८२, ११ : २४
काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिकामा भएको भयावह बस दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ। विवाह उत्सव मनाएर फर्किएका १३ जनाको अकल्पनीय र असामयिक निधनको खबरले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई मर्माहत तुल्याएको बताएका छन्।
यस पीडादायी घडीमा थापाले मृतकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन्। उनले आफ्नो र पार्टीको तर्फबाट शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन्।
एउटै गाउँ र परिवारका धेरै व्यक्तिले ज्यान गुमाउनुपरेको यो घटनाले सो क्षेत्रमा ठुलो रिक्तता पैदा गरेको छ। थापाले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण