राजेश हमालले यसरी सम्झिए सुनिल थापालाई
सारांश
- वरिष्ठ नायक राजेश हमालले दिवङ्गत कलाकार सुनिल थापा नेपाली सिनेमाको महत्त्वपूर्ण मोड भएको बताए।
- हमालले थापाप्रति आफ्नो सिनेमायात्रा समर्पित गरेको बताए, र उनको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गरे।
- कलाकार सुनिल थापाको हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको थियो, उनी लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए।
काठमाडौँ । वरिष्ठ नायक राजेश हमालले दिवङ्गत कलाकार सुनिल थापा नेपाली सिनेमाको इतिहासमा एउटा महत्त्वपूर्ण मोड भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हमालले सो कुरा बताएका हुन् ।
उनले आफ्नो सिनेमायात्रा थापाप्रति समर्पित गरेको समेत बताएका छन् । उनले भनेका छन् : ‘नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्त्वपूर्ण मोड हुनुहुन्छ। मेरो सिनेमायात्रा म तपाईंप्रति समर्पित गर्दछु।’
उनले थापा एक अदभूत सहकर्मी भएको बताउँदै उनको निधनले कहिल्यै भरिन नसक्ने शून्यता छाडेको समेत बताएका छन् ।
थापाको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
नेपाली चलचित्रमा 'खलनायक' को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा 'राते काइँला' को नामले चर्चित थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण