१० बजे १० समाचार : सुनिल थापाको निधनदेखि दलहरुलाई सरोकारवालाको सुझावसम्म
आज २०८२ माघ २४ गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने गरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
२. वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
३. प्रतिनिधिसभा निर्वाचन
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार मैदानमा छन् । यहाँका सबै समस्या सम्बोधन गर्ने आश्वासन दिँदै उनीहरू घरदैलोमा व्यस्त छन् । तर मतदाताहरू भने विगतका चुनावमा पनि यस्तै भनेकाले पत्याउन सक्ने अवस्थामा छैनन् ।
४. ब्याटल ग्राउन्ड दैलेख
दैलेखमा एमालेका रवीन्द्रराज शर्मा र एकीकृत समाजवादीका अम्मरबहादुर थापाबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। २०७९ को निर्वाचनमा थापाले शर्मालाई पराजित गरेका थिए, तर यसपटक कांग्रेस र रास्वपाका उम्मेदवारले पनि प्रतिस्पर्धा थपेका छन्।
५. शनिबार विशेष
६. जेनजीहरूलाई सरकारले नै काखापाखा गर्यो
देश प्रतिनिधिसभा निर्वाचनमा होमिइसक्दा केही जेनजी समूह भने विभिन्न माग राखी सडक आन्दोलनमा छन् । जेनजी आन्दोलनपछि उठेका केही सवाललाई सम्बोधन नगरी गरिने निर्वाचनबाट पनि निकास ननिस्किने उनीहरूको भनाइ छ । यस्तै मध्येका हुन् अजय सोडारी ।
७. जनकपुरमा कांग्रेसले मधेस सभा गर्ने
नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
८. नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानको विजयी सुरुवात
कोलम्बोको सिंहली स्पोर्ट्स ग्राउन्डमा आजदेखि सुरु भएको टी–२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
९. फोटो फिचर
१०. भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य
मुम्बईमा आयोजित आउटबाउन्ड ट्राभल मार्टमा नेपालले बलियो उपस्थिति जनाएको छ, जसमा ३४ निजी पर्यटन कम्पनीहरू सहभागी छन्। मेलामा नेपालले पर्यटन अफर, प्याकेज र गन्तव्य प्रवर्द्धन गर्ने र भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण