एमाले आफ्नो सङ्गठनात्मक सुदृढीकरणका हिसाबले अगाडि छ : रवीन्द्रराज शर्मा
सारांश
- अघिल्लो चुनावमा पराजित व्यक्ति फेरि चुनावी मैदानमा फर्किएका छन् र उनले प्रतिक्रिया राम्रो पाइरहेका छन्।
- उनले राजनीतिक स्थायित्वका लागि एमालेलाई सघाउनुपर्ने बताउँदै विगतकै एजेन्डा लिएर अघि बढ्ने बताए।
- उनले यसपटकको चुनावमा एमाले नै जित्नेमा ढुक्क रहेको र अरू पार्टीका उम्मेदवारलाई खासै वास्ता नगरेको बताए।
अघिल्लो पटक पराजित मान्छे पुनः मैदानमा जानुभयो, अहिलेसम्म प्रतिक्रिया के–कस्तो छ ?
पालिकाका बैठक सकियो, सबैतिर । उम्मेदवार–जनता भेटघाट, परिचय कार्यक्रमहरू गरिए । नेता–कार्यकर्ताहरू सबै मैदानमा खटिएका छन् । प्रतिक्रिया राम्रै छ । आम जनसमुदायहरू त देशको चिन्ताले ग्रस्त हुनुहुन्छ । यो देशमा जे खालका घटनाक्रमहरू घटिरहेका छन्, जे खालको यो वितण्डा मच्चिरहेका छन्, जे खालका पछिल्लो समयमा त्यसका प्रभावहरू छन्, यी सबै देशको भविष्यको निम्ति राम्रो होइन । त्यसकारण एकचोटी अब यो राजनीतिक अस्थिरता अन्त्य गर्नको निम्ति र राजनीतिमा स्थायित्व प्राप्त गर्नको निम्ति एमालेलाई आफ्नो तर्फबाट अहिले सघाउनुपर्छ भन्ने प्रतिक्रिया छ ।
तपाईँहरूको एजेन्डा विगतकै हो, फेरि तपाईंहरुमाथि जेनजी आन्दोलनमा गोली चलाएको जस्ता आरोपहरू छन्, जनतालाई कसरी बुझाइरहनु भएको छ नि ?
राजनीतिक स्थायित्व, निर्णायक राष्ट्रिय शक्ति निर्माण गरेर राजनीतिक स्थायित्व नभएसम्म यो एजेन्डा उठाइरहन्छौँ नै ।
अर्को आक्षेपको कुरा, एमालेलाई त समाप्तै पार्ने, नामोनिसानै नराख्ने गरी सक्काउन लागेकै छन् त, आरोपको त के अर्थ हुन्छ र ? जनताको आरोप छैन त्यस्तो ।
तपाईँ ४८ सालदेखि चुनाव लड्दै आएको नेता, अहिले पनि फेरि उम्मेदवार बन्नुभयो, अहिले तपाईँका पूर्व सहकर्मीहरू नेकपा र रास्वपाबाट चुनावी मैदानमा छन्, कांग्रेस पनि छ, यो अवस्थामा तपाईँलाई चुनाव निकै चुनौती नै होला हैन ?
०४८ सालमा दैलेखमा नेकपा एमाले स्थापनाका निम्ति उम्मेदवार भैयो, ०५१ सालमा एमालेलाई अलिकति दिनलाई भइयो । ०५२ मा नेमकिपालाई यता ल्याइयो । ०५६ मा नरबहादुर हमालजीलाई उम्मेदवार बनाइयो । त्यसपछि ०६४ र ०७० मा अमरजीलाई बनाइयो । ०७४ मा फेरि म भएँ । ०७९ मा फेरि मैले हारेँ ।
अहिले अहिले त उम्मेदवार बन्न म एक्लैले दौडादौड गरेर, टिकट खल्तीमा हालेर हुने होइन, पार्टीको सल्लाह अनुसार हो ।
हामीबाट गएका साथीहरू पनि मैदानमा छन्, तिनको अर्थ छैन । रास्वपावाला साथी गएर के गर्छ ? अरू कोही सदस्य हामीबाट लिएको छैन नि ! तपाईँले बरु कति लिएर जानुभयो भनेर सोध्नुहोला ।
हाम्रै पछि लागेर परिचय बनाएका साथीभाइहरू जाँदैमा हामी टाउकोमा हात राखेर त हिँड्दैनौँ ।
मैले सोधिसकेँ, बस्नेत र अम्मरबहादुर थापाले त तपाईँलाई तेस्रो स्थानको रूपमा लिनुभयो, प्रतिस्पर्धी मान्नुभएन ?
त्यो त फागुन २१ गते हेरौँला नि को तेस्रो, को चौथो । उहाँहरू नै हो तेस्रो–चौथो । यहाँ कांग्रेस—एमालेबिच प्रतिस्पर्धा हुन्छ । एमाले आफ्नो सङ्गठनात्मक सुदृढीकरणका हिसाबले अगाडि नै छ, त्यसमा कुनै समस्या बन्दैन ।
भनेको चुनाव जित्नुहुन्छ ?
यतिखेर दैलेखमा एमालेले नजिते कसले जित्ने हो र ? कुनै शङ्का छैन ।
कति जति मत ल्याउँछु जस्तो लाग्छ ?
त्यो त अहिले भन्न कसरी सकिएला र ? यो पटक मत कम खस्छ, यद्यपि ६ वटै पालिकामा हाम्रो धेरै मत आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण