४-५ हजार मतान्तरले मैले चुनाव जित्छु: बासना थापा, उम्मेदवार, नेपाली कांग्रेस
सारांश
- कांग्रेसले १० वर्षपछि दैलेख-१ मा उम्मेदवार पाएको छ, जसले चुनावी अभियान सुरु गरेको छ र उत्साह पाएको छ।
- महिला उम्मेदवार भएको र महिलाको आवाज उठाउन सक्ने भन्दै अग्रजहरूले समर्थन गरेका छन्, तर प्रतिस्पर्धी एमाले नै हो।
- उनले ४-५ हजार मतान्तरले चुनाव जित्ने आकलन गरेकी छिन्, र दैलेखमा पार्टी एकताबद्ध रहेको बताएकी छिन्।
१० वर्षपछि कांग्रेसले उम्मेदवार पायो, ग्राउन्ड कस्तो पाउनुभयो?
एकदम सकारात्मक छ । मैले गुराँसको १ नम्बरबाट चुनावी अभियान सुरु गरेको हो, डुङ्गेश्वर, भगवतीमाई, नारायण हुँदै म अहिले नौमुले आएँ । सबैले उत्साह दिनुभयो । हामी कांग्रेसको आफ्नो रुख चिन्ह पायौँ भनेर खुसी हुनेहरु पनि भेटाए ।
अर्कातिर म महिला उम्मेदवार भएकाले महिलाको आवाज लगेर उठाउन सक्ने हाम्रो चेली हो भनेर अग्रज बुवा आमाहरू दाजुभाइहरूले पनि मलाईसपोर्ट गर्नुभएको छ, उहाँको आशीर्वाद छ ।
दुईजना बुवाहरूले रुखको उम्मेदवार नहुँदा यसअघि भोटै हालेनौँ, त्यत्तिकै छोडिदियौँ पनि भन्नुभयो ।
त्यहाँ अहिले दुई पुराना अनुभवी उम्मेदवार छन्, एमाले–नेकपाबाट, रास्वपा पनि चुनावी मैदानमा छ, कांग्रेसले कुन दललाई प्रतिस्पर्धी मानेको छ नि ?
यहाँ त मेरो प्रतिस्पर्धी एमाले नै हो । तपाईँले भन्नुभएका नेताहरू पटक–पटक टेस्टेट भइसक्नुभयो । म परिवर्तनका लागि चुनावी मैदानमा आएको हो ।
नेकपाका अम्मर थापा र रास्वपलाई आफ्नो प्रतिस्पर्धी मान्नुहुन्न ?
मैदानमा त हुनुहुन्छ, तर साङ्गठनिक हिसाबले र हिजोको समानुपातिक मत हेर्दा एमालेसँगै हाम्रो प्रतिस्पर्धा हुन्छ ।
नेकपा (अम्मर)को उम्मेदवारले अघिल्लो पटक कांग्रेसकै भोटले जित्नुभएको हो । अहिले हाम्रो भोट हामीसँग सुरक्षित छ । रुखको भोट त कहीँ पनि जाँदैन । फेरि उहाँ टेस्टेट भइसकेको मान्छे हो, एमालेपनि । विकासको कामहरू पनि उहाँहरूले कति गर्नुभयो—जनतामाझ छर्लङ्गै छ ।
अनि एमालेसँगको प्रतिस्पर्धामा चुनाव जित्छु जस्तो लाग्छ ?
एकदम, किनभने कांग्रेसको दैलेख—१ मा अहिले आफ्नो उम्मेदवार पाएको छ । त्यही माथि महिला । कर्णाली प्रदेशमै पहिलो चोटी कांग्रेसले प्रत्यक्षतर्फ मलाई उम्मेदवार बनायो । अर्को एउटा आशा र भरोसाको केन्द्रबिन्दु पनि बनेको छु म । महिला दिदीबहिनीहरूको आवाजलाई प्रभावकारी रूपमा संसदमा राख्न सक्छ भन्ने आशा ममाथि छ । त्यही भएर ‘कन्फिडेन्ट’ का साथ चुनाव जित्छु ।
उसो भने कति मत ल्याउनुहुन्छ त ?
लगभग ४—५ हजार मतान्तरले चुनाव जितिने मेरो आकलन छ ।
तर विशेष महाधिवेशनपछि कांग्रेसको आन्तरिक समस्याले समस्या पार्न सक्छ भन्छन् नि ?
नाइँ नाइँ दैलेखमा त्यस्तो केही पनि छैन । एकताबद्ध भएर कांग्रेस चुनावमा होमिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण