बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निःशुल्क स्वास्थ्य शिविरमा ११ सय बढी बिरामी लाभान्वित

आइतबार, २५ माघ २०८२, ०९ : २०
आइतबार, २५ माघ २०८२

रौतहट । रौतहटको कटहरियामा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका ११ सय बढी बिरामी उपचार सेवा पाएर लाभान्वित भएका छन्।

रातोपाटीकर्मी सञ्जय मिश्रा र समाजसेवी बिन्देश्वर यादवको पहलमा वीरगन्ज न्यूरो एण्ड जेनरल हस्पिटलका निर्देशक न्युरोलोजिस्ट डाक्टर श्याम बाबु प्रसादको सहकार्यमा सनिवार जनता माबि कटहरियाको सभाहलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।

निःशुल्क शिविरमा आएका ११ सय ३ बिरामीको रगत लगायत विभिन्न परीक्षण गरी आवश्यक औषधिसमेत वितरण गरिएको शिविरका मुख्य सहयोगी कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।

शिविर सफल बनाउन वडा अध्यक्ष कुशवाहाका साथै मेयर प्रत्याशी नसरुदिन अन्सारी, युवा नेता नेताहरु योगेन्द्र साह, विनोद साह तथा कटहरिया नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश यादवलगायतले सहयोग गरेका थिए ।

शिविरमा न्युरोलोजिस्ट डाक्टर श्याम बाबुका साथै वीरगन्ज न्यूरो एण्ड जेनरल हस्पिटलका मुटु रोग, छाती  रोग, हाडजोर्नी, नशा तथा बाथ रोग, स्त्री रोग, बाल रोग, आँखा रोग दन्त रोग लगायत ७ विशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो। 

स्थानीयहरूले आफ्नै गाउँ घरमा विशेषज्ञ डाक्टरहरूबाट निःशुल्क औषधि सहित उपचार पाउन पाउँदा खुसी व्यक्त गर्दै यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिन आयोजक संग माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप