८३ दिनमा सकियो निखिलको ‘आचार्य’को छायाङ्कन
सारांश
- निखिल उप्रेती निर्देशित फिल्म 'आचार्य'को छायांकन काठमाडौंमा सम्पन्न भयो।
- फिल्मको छायांकन काठमाडौं, पोखरा, र भारतका विभिन्न स्थानमा ८३ दिनसम्म चलेको थियो।
- निखिल उप्रेतीले फिल्म क्षेत्रमा व्यावसायिकताको कमीप्रति असन्तुष्टि व्यक्त गरे।
काठमाडौँ । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनिरहेको फिल्म ‘आचार्य’को छायाङ्कन सकिएको छ । शनिबार राति काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा अन्तिम दृश्य खिच्दै निर्माण युनिटले फिल्म ‘प्याकअप’ गरेको हो ।
भदौबाट फ्लोरमा रहेको फिल्म काठमाडौँ, ललितपुर, पोखरा, सर्लाही र भारतका विभिन्न स्थानमा गरी कुल ८३ दिन लगाएर छायाङ्कन पूरा गरेको निर्देशक उप्रेतीले जानकारी दिएका छन् । फिल्मको अन्तिम दृश्य निखिलले दिएका थिए । फिल्मको सम्पूर्ण छायाङ्कन सकिए पनि दुईवटा गीत भने अझै खिच्न बाँकी छ । गेटअप परिवर्तन नहुने भएकाले गीतको छायाङ्कनका लागि छुट्टै तालिका बनाइने निर्माण पक्षले जनाएको छ।
छायाङ्कनको अनुभव साट्दै निखिलले फिल्म क्षेत्रमा देखिएको कार्यशैलीप्रति केही असन्तुष्टि समेत व्यक्त गरे । उनले काम गर्ने मानिसहरूमा व्यावसायिकता र कामप्रतिको गम्भीरता कम हुँदै गएको अनुभव सुनाए । ‘कलाकारहरू कामप्रति सिरियस भएको कम देखेँ । काम गर्नेहरू फिक्स तरिकाले काम गर्न नसक्ने र गफाडी बढी भएको पाइयो, जसले गर्दा सिरियस मेकिङ गर्नेहरूलाई असर पर्छ’, उनले भने।
फिल्म अभिनेत्री सञ्चिता लुइँटेलले निर्माण गरेकी हुन् । निखिल उप्रेतीकै मुख्य भूमिका रहेको फिल्ममा केही भारतीय कलाकारहरूको समेत अभिनय रहनेछ। फिल्ममा निखिलको दमदार एक्सन देख्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण