यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
आइतबार, २५ माघ २०८२, २२ : ४८
सुर्खेत । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा निर्णय गरेको छ ।
बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेख (अधुरो भवन निर्माण) आयोजनामा विनियोजित रु ६० लाख कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय, राकम कर्णाली दैलेखलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
उनका अनुसार बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने र कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण