प्रादेशिक ललितकला प्रदर्शनी सुरु
सारांश
- नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भयो।
- मधेस प्रदेश प्रमुखले कलाकारको प्रशंसा गर्दै कला र संस्कृतिको महत्वबारे बोले।
- कोषका अध्यक्षले प्रदर्शनीले स्थानीय पहिचान उजागर गर्ने विश्वास व्यक्त गरे।
धनुषा । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ । यसअघि प्राविधिक कारणले स्थगित गरिएको प्रदर्शनी आइतबारदेखि सुरु भएको हो ।
प्रदर्शनीको उद्घाटन गर्दै मधेस प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले मधेसका कलाकारहरूले आफ्नो कला, संस्कृति र पहिचानलाई सिर्जनात्मक माध्यमबाट उजागर गरिरहेको भन्दै प्रशंसा गरे ।
उनले भने, “ललितकला पहिचान र सभ्यताको प्रतिविम्ब हो । मधेस प्रदेशका कलाकारहरूले आफ्ना सिर्जनामार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रदेशको गौरव बढाइरहेका छन् । यस्ता प्रदर्शनीहरूले प्रतिभा पहिचान र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।”
प्रदेश प्रमुख डा कर्णले राज्यले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूको चित्रकला, मूर्तिकला, हस्तकला तथा समसामयिक कला कृतिहरू प्रदर्शनमा राखिएका र यसले यहाँ पहिचान उजागर गरेको बताए । प्रदर्शनीले स्थानीय कला, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण