नेपाल जनमुक्ति पार्टीका झापा–१ का उम्मेदवार करुवाको समर्थन नेकपाका घिमिरेलाई
सोमबार, २६ माघ २०८२, १२ : २१
सारांश
- नेपाल जनमुक्ति पार्टीका उम्मेदवार खान्द्रु करुवाले नेकपाका अशेष घिमिरेलाई समर्थन गर्ने घोषणा गरेका छन्।
- करुवाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै घिमिरेलाई समर्थन गर्ने बताएका हुन्।
- झापा-१ मा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्।
झापा । झापा क्षेत्र नम्बर–१ बाट नेपाल जनमुक्ति पार्टीको उम्मेदवार बनेका खान्द्रु करुवाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशेष घिमिरेलाई समर्थन गर्ने भएका छन् ।
चुनाव चिन्ह घर रहेका करुवाले नेकपाका उम्मेदवार घिमिरेलाई समर्थन गर्ने गरी आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
झापा- १ मा नेकपा एमालेका रामचन्द्र उप्रेती, नेपाली कांग्रेसका केशवराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका निशा डाँगी, राप्रपाका हेमराज कार्की लगायत १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण