नेपालमा ५ वर्ष नपुग्दै १ हजारमा ३१ बालबालिकाको मृत्यु, सुदूरपश्चिमको अवस्था सबैभन्दा नाजुक
काठमाडौँ । नेपालमा अझै पनि ५ वर्षमुनिका प्रति एक हजार बालबालिकामध्ये ३१ जनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजाले बाल मृत्युदरमा सुधार आए पनि प्रादेशिक असमानता भने कायमै रहेको देखाएको हो।
कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रति एक हजार जीवित जन्मेका शिशुहरूमध्ये २७ जनाको एक वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको छ। त्यसैगरी, जन्मेको एक महिना पनि नपुग्दै मृत्यु हुने नवजात शिशुको संख्या प्रति एक हजारमा १७ जना रहेको छ। यो तथ्याङ्कले नेपालमा बाल स्वास्थ्यको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेको छ।
सर्वेक्षणले सातै प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशको अवस्था निकै दयनीय रहेको देखाएको छ। नवजात शिशु, शिशु र ५ वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा सबैभन्दा उच्च देखिएको छ।
सुदूरपश्चिममा प्रति एक हजार जन्ममा ४८ जना बालबालिकाको ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको छ, जुन राष्ट्रिय औसतभन्दा निकै बढी हो। त्यस्तै, सोही प्रदेशमा प्रति एक हजार जन्ममा ३८ जना शिशुको एक वर्ष नपुग्दै र २६ जना नवजात शिशुको एक महिना नपुग्दै मृत्यु हुने गरेको पाइएको छ।
यसको ठीक विपरीत बागमती र गण्डकी प्रदेशको अवस्था भने तुलनात्मक रूपमा राम्रो देखिएको छ। बागमती प्रदेशमा नवजात शिशु मृत्युदर सबैभन्दा कम अर्थात् प्रति एक हजारमा १० जना र शिशु मृत्युदर १७ जना रहेको छ। ५ वर्षमुनिका बालबालिकाको मृत्युदर हेर्दा गण्डकी प्रदेशको अवस्था सबैभन्दा राम्रो देखिएको छ, जहाँ प्रति एक हजारमा २० जना बालबालिकाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले यो सर्वेक्षण नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीय स्तरको अनुगमन मूल्यांकन गर्न र योजना तर्जुमाका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउन सञ्चालन गरेको जनाएको छ। यो नेपालको चौथो बहुसूचक सर्वेक्षण हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण