मोबाइल फोनको स्वामित्वमा लैङ्गिक खाडल
सारांश
- राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षण अनुसार, नेपालमा ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको पहुँच पुगेको छ।
- गण्डकी प्रदेशमा सबैभन्दा धेरै ९९.५ प्रतिशत घरमा बिजुली पुगेको छ भने कर्णाली प्रदेशमा ८०.८ प्रतिशत रहेको छ।
- सर्वेक्षणले सञ्चार र प्रविधिमा नेपालले फड्को मारेको देखाएको छ, तर मोबाइल फोनको स्वामित्वमा लैङ्गिक असमानता कायमै छ।
काठमाडौँ । नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर पहुँच पुगेको तथ्य सार्वजनिक भएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण प्रतिवेदनले देशको ऊर्जा पहुँचमा उल्लेख्य सुधार आएको देखाएको हो।
तथ्याङ्क अनुसार प्रदेशगत रूपमा गण्डकी प्रदेश विद्युतीकरणमा सबैभन्दा अगाडि देखिएको छ जहाँ ९९.५ प्रतिशत घरमा बिजुली पुगेको छ भने कर्णाली प्रदेश ८०.८ प्रतिशतका साथ सबैभन्दा पछाडि रहेको छ।
सरकारले युनिसेफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरेको यस सर्वेक्षणले सञ्चार र प्रविधिको क्षेत्रमा पनि नेपालले ठूलो फड्को मारेको पुष्टि गरेको छ। प्रतिवेदनका अनुसार ९५.५ प्रतिशत नेपाली घरपरिवारमा टेलिफोन वा मोबाइल फोनको सुविधा पुगिसकेको छ।
बागमती प्रदेश सञ्चार सुविधामा सबैभन्दा अगाडि रहेको छ भने सुदूरपश्चिम प्रदेशमा यसको पहुँच तुलनात्मक रूपमा कम देखिएको छ। सूचना प्रविधिको बढ्दो प्रयोगसँगै हाल नेपालका ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधा सहितका उपकरणहरू प्रयोग गरिरहेका छन्।
विशेषगरी महिला र बालबालिकाको अवस्था बुझ्न गरिएको यस सर्वेक्षणले मोबाइल फोनको स्वामित्वमा लैङ्गिक खाडल अझै कायमै रहेको देखाएको छ। १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरूमध्ये ८१.६ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ भने सोही उमेर समूहका ९०.४ प्रतिशत पुरुषहरू मोबाइल फोनको मालिक रहेका छन्। पछिल्लो तीन महिनामा मोबाइल प्रयोग गर्नेको संख्या हेर्दा ७२.७ प्रतिशत महिला र ७८.७ प्रतिशत पुरुषहरू सक्रिय देखिएका छन्।
नेपालमा सञ्चालन गरिएको यो चौथो बहुसूचक सर्वेक्षण हो जसले दिगो विकास लक्ष्यको अनुगमन र बहुआयामिक गरिबी मापनमा महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सम्पन्न यो सर्वेक्षणले दिगो विकास लक्ष्यका सूचकहरूको अनुगमन र बहुआयामिक गरिबी मापनमा ठोस योगदान पुर्याउने विश्वास लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण