नेपालमा घट्दै प्रजनन दर : किशोरी अवस्थामै आमा बन्नेको सङ्ख्या अझै चुनौतीपूर्ण
सारांश
- नेपालमा प्रजनन दर घटेर प्रति महिला १.९ मा झरेको छ, जुन १५ देखि ४९ वर्षका महिलाहरूको औसत हो।
- किशोरी अवस्थामा आमा बन्ने दर अझै गम्भीर छ, १५ देखि १९ वर्षका किशोरीहरूमा प्रति हजार ४८ जीवित बच्चा छन्।
- मातृत्व स्वास्थ्यमा प्रगति देखिए पनि शल्यक्रियामार्फत बच्चा जन्माउनेको संख्या बढेको छ।
काठमाडौँ । नेपालमा पछिल्लो समय प्रजनन दरमा गिरावट आएको देखिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को विस्तृत प्रतिवेदन अनुसार नेपालको कुल प्रजनन दर प्रति महिला १.९ मा झरेको छ। यसको अर्थ १५ देखि ४९ वर्ष उमेर समूहका एक नेपाली महिलाले औसतमा दुई जनाभन्दा कम सन्तान जन्माउने गरेको पाइन्छ।
तर, प्रजनन दर घटे पनि किशोरी अवस्थामै आमा बन्ने दर भने अझै पनि एउटा गम्भीर सामाजिक मुद्दाका रूपमा रहेको छ। सर्वेक्षणको नतिजाले १५ देखि १९ वर्ष उमेरका प्रति १ हजार किशोरीहरूले ४८ जीवित बच्चा जन्माउने गरेको तथ्य देखाएको छ।
अझ २० देखि २४ वर्ष उमेर समूहका १० जना महिलामध्ये एक जनाले १८ वर्षको उमेर नपुग्दै बच्चा जन्माइसकेको प्रतिवेदनमा उल्लेख छ। यसले बालविवाह र सानै उमेरमा हुने गर्भधारणको समस्या समाजमा अझै विद्यमान रहेको प्रस्ट पार्छ। परिवार नियोजनका सन्दर्भमा भने विवाहित महिलाहरूमध्ये ३५ प्रतिशतले मात्रै विभिन्न साधन वा विधिहरूको प्रयोग गर्ने गरेको पाइएको छ भने आधुनिक साधन प्रयोग गर्नेहरूमध्ये करिब ५५ प्रतिशतले यसमा सन्तुष्टि व्यक्त गरेका छन्।
मातृत्व स्वास्थ्यको क्षेत्रमा भने नेपालले उल्लेख्य प्रगति गरेको तथ्याङ्कले देखाउँछ। सर्वेक्षण हुनुभन्दा दुई वर्षअघिसम्म बच्चा जन्माएका ८५ प्रतिशत महिलाहरूले कम्तीमा चार पटक पूर्वप्रसूति जाँच गराएको पाइएको छ। त्यसैगरी ९०.५ प्रतिशत प्रसूति स्वास्थ्य संस्थामै हुने गरेको र ९१.४ प्रतिशत प्रसूति दक्ष स्वास्थ्यकर्मीको निगरानीमा हुने गरेको सुखद नतिजा आएको छ।
यद्यपि, शल्यक्रिया (सिजरियन सेक्सन) मार्फत बच्चा जन्माउनेको सङ्ख्या २५.३ प्रतिशत पुग्नुले भने प्रसूति सेवामा शल्यक्रियाको बढ्दो प्रयोगलाई संकेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण