बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मदनकृष्ण श्रेष्ठले भने, ‘नृत्य नसिकेकोमा पछुतो छ’

मङ्गलबार, २७ माघ २०८२, ११ : ०२
मङ्गलबार, २७ माघ २०८२

काठमाडौँ । ख्यातिप्राप्त हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले डान्स गर्न नसिकेकोमा पछुतो लागेको बताएका छन् । बालबालिकाको डान्स रियालीटी शो ‘नेशन्स् गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा’ सिजन २ को अतिथिका रूपमा पुगेका हास्य कलाकार श्रेष्ठले डान्स गर्न नसिकेकोमा पछुतो मानेका हुन् ।

प्रतियोगीताको उत्कृष्ट ९ राउन्डमा सिराहकी एनी चौधरीले फुर्तिलो डान्स गरेपछि प्रतिक्रिया दिदै उनले भने, ‘म त डान्स हेरेर बोल्नै सकिन । एकदम हेरेको हेर्यै भएँ । मलाई पार्किन्सन्स छ ? डान्स हेर्दाहेर्दै मनमा यस्तो भयो कि मिथिलाजी (अभिनेत्री मिथिला शर्मा) सँगको जस्तो सँंगत भएर पनि मैले कसरी डान्स सिकिनँ ? मैले डान्स जानेको भए मलाई पार्किन्सन्स नै हुँदैन थियो । जिउ   फ्लेक्जिवल हुन्थ्यो एकदम । डान्स गर्नेहरूलाई कहिल्यै पनि पार्किन्सन्स निस्किँदैन ।’ मिथिला सो डान्स रियालीटी शोको नियमित वरिष्ठ निर्णायक हुन् ।

कार्यक्रममा काठमाडौँका ७ वर्षिया एरोन रिजालले डान्स पस्केपछि मदनकृष्णले सबै प्रतिस्पर्धी एक सय एक भएको पाएको बताउँदा सोलुखुम्बुकी ७ वर्षीया पासाङ ल्हामु शेर्पाको नृत्य हेरेपछि आफुलाई सबैभन्दा राम्रो नृत्य मिथिला शर्माको लाग्ने खुलाए । उनले भने ‘मिथिलाजीकोमा अनुहारले नै गीतको शब्द बोलिरहेको हुन्छ। आँखा नाचिरहेको हुन्छ। कोही ठुस्स परेर नाचिरहेको हुन्छन्, तर मिथिलाजीले हासेर शब्दअनुसार गर्ने प्रस्तुति राम्रो लाग्छ।’

 नेशन्स् गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा, सिजन २ अन्त्रगतको उत्कृष्ट ९ राउण्डमा डोटीकी उदिप्ती राउत हर्रर थिममा डान्स गर्दा अर्की निर्णायक अभिनेत्री नीता ढुङ्गानाको सातो गयो । उदिप्तीले अचानक आफनै हट सिट अगाडि आएर हे भन्दा उनी नराम्ररी तर्सिइन् । नीताले तर्सिएर आबुई भन्दै मदनकुष्णलाई समाउन पुगिन् । आफु तर्सिएको देखेर आफै हाँसिन्। प्रतिक्रियामा नीताले भनिन् ‘उदिप्तीले त आज मेरो सातो लियो। मेरो अगाडि केही न केही भइरहेको छ भन्ने त थाहा थियो तर यो एक्सपेक्ट गर्‍या थिइन मैले। म आफ्नै धुनमा थिएँ। उदिप्ती त्यो कलर नै कलर भइरहेको फेसमा ह ह गर्दै अगाडि आउँदा त साँच्चै नै सातो गयो। अहिलेस पनि मुटु ढुकढुक भइराछ ।’

प्रतियोगीतामा अभिनेत्रीद्धय मिथिला शर्मा र नीता ढुंगाना तथा छमछमी नृत्य प्रतियोगिता विजेता निर्णायक रहेका छन् । नेशन्स् गट ट्यालेन्ट हरेक आईतवार साँझ ६ बजे स्पेस फोके टेलिभिजन र ७ बजे ओएसआर रियालीटी युटुयुब च्यानलमा प्रसारण भइरहेको छ । शो उत्कृष्ट ५ को चरणमा प्रवेश गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप