शुभमूर्हतसँगै ‘कस्तुरी’ ले थाल्यो छायाङ्कन
सारांश
- निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म 'कस्तुरी'को छायाङ्कन सुरु भएको छ।
- ललितपुरको बंगलामुखी मन्दिरमा शुभमूर्हत गर्दै फिल्मको सुटिङ सुरु गरिएको हो, र कथा रहस्य, सस्पेन्स र अपराधमा आधारित छ।
- फिल्ममा निखिल र वर्षासँगै शेखर चापागाईँ, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ।
काठमाडौँ । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु भएको छ । मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभमूर्हत गर्दै फिल्मको सुटिङ सुरु गरिएको हो । फिल्मको छायाङ्कन काठमाडौंमै थालिएको छ ।
ऋत बोहोराको निर्देशन रहने फिल्मले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरू कथा बनाएको छ । यस फिल्मबाटै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटी पहिलोपटक स्क्रिन सेयर गर्दैछन् ।
फिल्ममा निखिल र वर्षाको अलावा शेखर चापागाईँ, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटी रहनेछन् ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक बोहोराले नै लेखेका हुन् । निर्माता धिरज कुमार अग्रवाल रहेको फिल्मको सह निर्माता अञ्जली चौधरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण