प्रतिबद्धतापत्र सार्वजनिकीकरणमा माधव नेपाल र नारायणकाजी श्रेष्ठ किन सहभागी भएनन् ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिकीकरणमा सहसंयोजक माधव कुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठ अनुपस्थित भएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सार्वजनिकीकरणमा नेपाल र श्रेष्ठ अनुपस्थित भएपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रष्टीकरण दिएका थिए ।
प्रचण्डका अनुसार नेपाल फूड प्वाइजनिकका कारण अस्पतालमा रहेको र प्रतिबद्धता पत्र लेखनका संयोजक समेत रहेका श्रेष्ठ चुनावी प्रचारका लागि जिल्लामा रहेकाले सहभागी नभएको हुन् ।
‘प्रतिबद्धता पत्र सार्वजनिकीकरणमा महत्त्वपूर्ण नेताहरू सहभागी हुनुभएको छैन । प्रतिबद्धता पत्र लेखनका संयोजक कमरेड नारायणकाजी श्रेष्ठ यहाँ हुनुहुन्न । मेरो तर्फबाट जिम्मेवारी पुरा गरिसकेकाले । सार्वजनिक भएमा कुनै आपत्ति हुनेछैन भनेकाले उहाँकै अनुमतिमा सार्वजनिक गरेको हो । यस्तै निर्वाचन परिचालन समितिका संयोजक र सहसंयोजकलाई दिएको थियो । तर सहसंयोजक फूड प्वाइजनका कारण अस्पतालमा रहनुभएको छ । त्यसैले यहाँ आउन सक्नु भएन’, उनले भने ।
यस्तै एकता प्रक्रियामा आएका अन्य घटक प्रमुख नेताहरू पनि सहभागी भएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
श्रमिकलाई ठग्नेहरूमाथि कारबाही तीव्र
-
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
-
एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण