नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ प्रधान सम्मानित
काठमाडाैँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेश मान सिंह प्रधानलाई “Manager of the Year 2025” अवार्डबाट सम्मान गरिएको छ ।
नेपाल व्यवस्थापन संघ (Management Association of Nepal – MAN) द्वारा आयोजना गरिएको ४५औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२६ को अवसरमा डिजिटल भुक्तानी क्षेत्रमार्फत नेपाली अर्थतन्त्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
सीईओको नेतृत्वमा NCHL ले NCHL-ECC, NCHL-IPS, RPS, NPS, connectIPS, CORPORATEPAY, NEPALPAY QR, NEPALPAY Card, EFT Switch, NPI तथा NPIx लगायत १० भन्दा बढी राष्ट्रिय भुक्तानी पूर्वाधार स्थापना तथा सञ्चालन गर्दै आएको छ । यी पूर्वाधारहरूले नेपालमा डिजिटल भुक्तानी र डिजिटल अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।
सन् २०११ मा NCHL को कार्यभार सम्हालेपछि चेक क्लियरिङबाट सेवा सुरु गरी आजको दिनसम्म आइपुग्दा संस्थालाई नेपालको भुक्तानी पूर्वाधारको मेरुदण्डका रूपमा स्थापित गर्न सफल भएको योगदानको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूमध्ये छनोट गरी “Manager of the Year” अवार्ड प्रदान गर्दै आएको छ ।
सोही कार्यक्रममा नेपालमा विशेष योगदान पुर्याएका डा. युवराज खतिवडालाई Lifetime Achievement Award बाट सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण