फागुन ३ देखि देशभर मतदाता शिक्षा : ६ हजारभन्दा बढी स्वयंसेवक घरदैलोमा खटिने
सारांश
- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
- स्वयंसेवकहरूले मतदातालाई मतदान प्रक्रिया र नमुना मतपत्रबारे जानकारी गराउनेछन्, जसले बदर मत कम गर्न मद्दत गर्नेछ।
- आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन जिल्ला र स्थानीय तहमा अनुगमनकर्ता तोकेको छ, र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्नेछ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी फागुन ३ देखि १७ गतेसम्म देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। देशभरका ६ हजार ७४३ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरी मतदातालाई मतदान प्रक्रियाबारे जानकारी गराइने आयोगले जनाएको छ।
प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्वयंसेवकहरूले आम मतदाताको बस्ती र घरदैलोमै पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान गर्ने सही तरिकाबारे सिकाउनेछन्। आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन जिल्ला र स्थानीय तहमा सम्पर्क व्यक्तिहरूलाई अनुगमनकर्ताका रूपमा तोकेको छ।
स्वयंसेवक र अनुगमनकर्ताका लागि आवश्यक तालिम तथा अभिमुखीकरण माघ महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको छ। निर्वाचनका बेला हुन सक्ने बदर मतको सङ्ख्या घटाउन र मतदातालाई गलत तथा भ्रामक सूचनाबाट जोगाउन यो कार्यक्रम ल्याइएको हो। आयोगले घरदैलोका अतिरिक्त सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट पनि निर्वाचनसम्बन्धी सामग्रीहरू व्यापक रूपमा प्रचारप्रसार गरिरहेको छ।
मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ अन्तर्गत मतदाताले मतपत्रको सही प्रयोग, गोप्य मतदानको महत्त्व र निर्वाचन आचारसंहिता जस्ता विषयमा जानकारी पाउनेछन्। संविधान र निर्वाचनसम्बन्धी कानुनको परिधिमा रहेर सचेत मतदान संस्कृतिको विकास गर्ने आयोगको मुख्य लक्ष्य रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण