प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : तपाईंको सरकारको भन्दापनि बढी म्याद किन चाहियो जाँचबुझ आयोगलाई ?
वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनपछिको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
बुधबार वीरगन्जको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै साहले आयोग गठन भएको लामो समय बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारसँग जवाफ माग गरे। सरकारको कार्यकाल सकिन लागेको अवस्थामा पनि आयोगको म्याद लम्बिएकोप्रति उनले आपत्ति जनाए।
सुशीला कार्की नेतृत्वको सरकारको आयु नै जम्मा ६ महिना तोकिएर चुनावको मिति आईसक्दापनि जाँचबुझ आयोगले प्रतिवेदन बाहिर ल्याउन नसक्नु आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको अपमान भएको साहको आरोप छ । उनले भने, ‘म यही मञ्चबाट सुशीला कार्कीलाई भन्न चाहन्छु–तपाईंको नेतृत्वको सरकारको आयु नै सकिने बेला भईसक्यो, तर तपाईंले गठन गरेको आयोगको म्याद चाहीँ लम्बिएको लम्बिएछ, किन यस्तो कुकर्म गर्नुहुन्छ । आयोगले प्रतिवेदन तयार भईसक्यो भनेर यसका पदाधिकारीले सार्वजनिक रुपमा बोलिसकेका छन्, अनि त्यो प्रतिवेदन सार्वजनिक गर्न के को समय चाहिन्छ ? सार्वजनिक गर्नुहोस् ।’
साहले वर्तमान राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै विभिन्न राजनीतिक नेतृत्व र शक्तिहरूप्रति आलोचना पनि गरे। उनले देशमा सुशासन र न्याय स्थापित गर्न जनताको भूमिका महत्वपूर्ण हुने बताए।
साहले आगामी निर्वाचन जनताको अपेक्षा र हालको राजनीतिक घटनाक्रमसँग जोडिएको उल्लेख गर्दै मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण