सम्पत्ति शुद्धीकरण मुद्दामा मोहम्मद सेफलाई थुनामा पठाउने आदेश
सारांश
- काठमाडौं जिल्ला अदालतले क्रिप्टोकरेन्सीमा संलग्न एक व्यक्तिलाई सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा पठाएको छ।
- मोहम्मद सेफलाई गैरकानुनी रूपमा १९ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको आरोप लागेको छ।
- प्रहरीले सेफलाई शंकास्पद अवस्थामा पक्राउ गरेको थियो र उनको मोबाइलमा क्रिप्टो कारोबार फेला पारेको थियो।
काठमाडौँ । काठमाडाैँ जिल्ला अदालतले क्रिप्टो करेन्सीमा संलग्न बाराको कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय मोहम्मद सेफलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
बुधबार न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले मोहम्मद सेफलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोग लगाउँदै गैरकानुनी रूपमा १९ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको भन्दै सो बराबरको सम्पत्ति जफत गर्न, बिगोको दोब्बर जरिवाना गर्न र कसुरको गम्भीरता हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय गर्न मागदाबी गरेको थियो । साथै बरामद भएका मोबाइल फोन र सिमकार्डहरू समेत जफत गर्न माग गरेको थियो ।
प्रहरीले सेफलाई गत २०८२ मंसिर १० गते साँझ काठमाडौँको भद्रकालीबाट शङ्कास्पद अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले खानतलासी गर्दा दुई वटा मोबाइल फोन बरामद भएको थियो ।
मोबाइलको प्रारम्भिक चेकजाँचका क्रममा उनको 'बाइनन्स' एकाउन्टमार्फत यूएसटीडी, बोओएनके र पीईपीईजस्ता क्रिप्टोकरेन्सीको ठुलो कारोबार भएको फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण