अमेरिकन इन्डो प्यासिफिक कमाण्डर नेपाल आउँदै
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो बिहीबार नेपाल आउने भएका छन् । ३ दिने औपचारिक भ्रमणका लागी उनी भोली नेपाल आउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार पापारो नेतृत्वको भ्रमणदल विशेष विमानमार्फत काठमाडौँमा अवतरण गर्ने कार्यक्रम रहेको छ । ३ दिनको भ्रमण अवधिमा उनले उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ । उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत अवलोकन भ्रमण गर्नेछन् ।
भ्रमणले नेपाल र अमेरिकाबिचको दशकौँ लामो द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने विश्वास लिइएको छ ।
विशेष गरी मानवीय सहयोग, विपद् व्यवस्थापन तथा विश्व शान्ति स्थापना जस्ता साझा चासोका क्षेत्रहरूमा दुई देशबिचको सहकार्य र क्षमता अभिवृद्धिमा यो भ्रमणले महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
एडमिरल पापारोको भ्रमण टोली फाल्गुण २ मा भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण