निर्वाचन नजिकिँदै गर्दा स्वदेश फर्किनेहरू बढे
सारांश
- आगामी निर्वाचनको समयमा विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किने क्रम बढेको छ।
- अध्यागमन विभागको तथ्यांक अनुसार, फर्किनेको संख्या पछिल्लो समयमा विदेश जानेको भन्दा बढी देखिएको छ।
- निर्वाचन र नयाँ वर्षको लामो बिदाका कारण नेपालीहरू स्वदेश फर्केको अनुमान गरिएको छ।
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सिटका लागि मतदान हुँदैछ ।
यसपटकको निर्वाचनका लागि विदेशमा बस्ने नेपालीहरूले पनि निकै चासो देखाइरहेका छन् । यसअघि विदेशमा बस्नेहरुलाई मतदानको अधिकार दिनेबारे छलफल भएको थियो, तर प्रयास असफल भएपछि विदेशमा बस्ने नेपालीहरू मतदान गर्न धमाधम स्वदेश फर्किन थालेका छन् ।
पछिल्लो समय विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरु स्वदेश फर्किने क्रम बढ्दै गएको अध्यागमन विभागको तथ्यांकबाट देखिएको छ । पछिल्ला दिनमा विदेश जानेभन्दा फर्किनेको संख्या बढेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकाल बताउँछन् । ‘फर्किनेहरुको संख्या बढेको छ तर किन बढे भन्ने विषयमा हामीले विश्लेषण गरेका छैनौं,’ उनी भन्छन् ।
माघ १८ देखि २७ सम्ममा ५१ हजार ७९ जना स्वेदश फर्किएका छन् । त्यस अवधिमा ५० हजार मानिस विदेशिए । पछिल्लो अवधिमा जाने भन्दा फर्किनेको संख्या एक हजारले बढी देखिन्छ । त्यस अवधिमा साउदी अरेबियाबाट ४ हजार ७०७ जना फर्किए । कतारबाट ५ हजार ५१७ आएका छन् । यस्तै कतारमा ५ हजार ६ जना गएका छन् ।
सन् २०२६ जनवरी अर्थात् पुस १७ देखि माघ १७ सम्म १ लाख ५८ हजार १४६ जना नेपाल फर्किएका छन् । त्यस अवधिमा १ लाख ५७ हजार ६५८ जना विदेशिएको अध्यागमन विभागले जनाएको छ । पुस १७ पछिको १ महिनामा साउदी अरेबियाबाट १३ हजार ३३६ जना नेपाल फर्किए । त्यस अवधिमा १४ हजार ५९४ जना साउदी अरेबिया गएका थिए । यस्तै कतारबाट १८ हजार नेपाल आए भने १५ हजार गएको तथ्यांकबाट देखिएको छ । त्यस अवधिमा यूएईबाट २६ हजार ४ सय जना आउँदा १८ हजार ४०० मात्रै गएको देखिएको छ ।
पछिल्लो ५ महिनाको तथ्यांक
तथ्यांक स्रोत : अध्यागमन विभाग
कात्तिक १५ देखि मंसिर १५ सम्ममा १ लाख ४९ हजार नेपाल फर्किएका छन् । त्यस अवधिमा १ लाख ४४ हजार विदेश गएका थिए । त्यस अवधि (सन् २०२५ अक्टोबर)मा जानेभन्दा आउनेको संख्या ५ हजारले बढी देखिन्छ ।
नयाँ वर्षमा विदेशमा लामो बिदा हुने हुनाले पनि नेपालीहरु धेरै आएको आकलन गरिएको छ । अध्यागमनका निर्देशक ढकाल भन्छन्, ‘विदेशमा लामो बिदा हुने हुनाले पनि धेरै मानिस फर्किएको हुनसक्छ ।’
विदेशमा नयाँ वर्ष सुरू भएपछि दुई महिनासम्म बिदा लिने प्रचलन छ । तर पछिल्लो समय विदेशबाट फर्किनुको मुख्य कारण निर्वाचन नै भएको जानकारहरू बताउँछन् । समाजशास्त्री डा. दिनेश प्रसाईं भन्छन्, ‘अरू मेजर कारण त केही पनि देखिँदैन ।’
सन् २०२५ नोभेम्बर (कात्तिक १५ देखि मंसिर १४ सम्म) मा १ लाख ३४ हजार नेपाल फर्किएका थिए । उक्त महिना १ लाख ६० हजार विदेशिएको अध्यागमन विभागको तथ्यांकबाट देखिएको छ । यसमा यूएईबाट २३ हजार आउँदा २० हजार गए । साउदीबाट १० हजार ५०० जना आएका थिए भने १७ हजार ८५४ जना गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण