काठमाडौँका ११ वटै स्थानीय तहका मतदाता शिक्षा अनुगमनमा खटिनेलाई अभिमुखीकरण
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता शिक्षाका लागि काठमाडौँका ११ वटै स्थानीय तहमा खटिने अनुगमनकर्तालाई बुधबार अभिमुखीकरण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अनुगमनकर्ताको काम, कर्तव्य र गर्नुपर्ने कामका विषयमा प्रशिक्षित गरिएको थियो । सङ्घीय राजधानी काठमाडौँका ११ वटै स्थानीय तहका सबै वडामा खटिने मतदाता शिक्षा स्वयंसेवकका लागि फागुन १ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी सृजना रायमाझीले राससलाई जानकारी दिनुभयो ।
अन्य जिल्लाका स्थानीय तहमा खटिने मतदाता शिक्षा अनुगमनकर्ता र वडामा खटिने स्वयंसेवकलाई पनि आजदेखि नै अभिमुखीकरण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।
फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउन आयोगले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयलाई पत्राचार गरिसकेको छ । स्वयंसेवकले दिने मतदाताका शिक्षाका बारेमा प्रत्येक स्थानीय तहमा खटाइएका अनुगमनकर्ताले अनुगमन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण