गरिखानेहरूको प्रदेश बनाउन शिक्षा प्रणाली सुधार गर्छाैं – मुख्यमन्त्री बानियाँ
बुधबार, २८ माघ २०८२, २१ : ४३
बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरूको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्न खोजेको बताएका छन् ।
हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आज विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले काम गरेर खानेहरूको प्रदेश बनाउन खोजेको बताए ।
शिक्षा क्षेत्रमा बागमती प्रदेशले एआईको युगलाई ध्यानमा राख्दै सीप, तालिम र रोजगारीसँग जोडिएको प्रविधिमैत्री शिक्षा प्रणाली अघि बढाइएको बताउँदै मुख्यमन्त्री बानियाँले शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने धारणा राखे ।
नयाँ पुस्ताले रोजेको र खोजेजस्तो शिक्षालाई तत्काल पूरा गर्न नसकिए पनि प्राविधिक शिक्षालाई जोड दिई त्यो मार्गमा लैजान सकिने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण