शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : ग्यास बिक्री वितरणको व्यवस्था, विश्वकपमा जितको खडेरी तोड्ने दाउमा नेपाल

बुधबार, २८ माघ २०८२, २२ : ००
बुधबार, २८ माघ २०८२

आज २०८२  माघ २८ गते बुधबार। आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ ।

  • नेकपाको घोषणापत्रमा अर्थतन्त्र

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । मंगलबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशको आर्थिक कायापलट गर्ने भन्दै आफ्नो महत्त्वाकांक्षी प्रतिबद्धता पत्र (घोषणा पत्र) ल्यायो ।

याे पनि 

  • चुनावी चर्चा 

प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा महोत्तरी–३ का मतदातामा खासै उत्साह देखिएको छैन । विगतका निर्वाचनमा आफूले जिताएर पठाएका जनप्रतिनिधिले जनभावना अनुसारका काम गर्न नसकेका कारण आसन्न निर्वाचनप्रति खासै उत्साह नभएको मतदाता बताउँछन् ।

थप 

नेपालको संविधानले १८ वर्ष उमेर पुगेका नागरिकलाई ‘बालिग’ मानेर देशको प्रधानमन्त्री र प्रतिनिधि छान्ने अधिकार (मताधिकार) प्रत्याभूत गरेको छ । तर अचम्म, तिनै १८ वर्षका ‘बालिग’ नागरिकले आफ्नो जीवनसाथी रोजेर विवाह गरे राज्यले उनीहरूलाई ‘अपराधी’ करार गर्छ ।  

  • कैलाली–१ : रेशम चौधरीको गढमा यस पटक कसले रच्ला इतिहास ?

टीकापुर घटनापछिको राजनीतिक परिवेशमा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर १ रेशम चौधरीको गढका रूपमा रहँदै आएको छ । टीकापुर घटनाको मुख्य योजनाकारका रूपमा अदालतबाट दोषी ठहर भइ कैद भुक्तानसमेत गरेका चौधरीले थारु बाहुल्य सो क्षेत्रमा थारु समुदायको आवाज उठाउँदै आएका छन् ।

  • ग्यास बिक्री वितरणको व्यवस्था 

बजारमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप