बैतडीमा एमालेका भण्डारी चौथो जितको खोजीमा, अन्य प्रतिस्पर्धी इतिहास रच्ने दाउमा
सारांश
- बैतडीमा एमालेले तीन निर्वाचन जित्दै वर्चस्व कायम राखेको छ, तर यस पटक प्रतिस्पर्धा कडा हुने देखिएको छ।
- यस निर्वाचनमा एमालेका दामोदर भण्डारी चौथो जितको खोजीमा छन् भने अन्य दलहरु एमालेको वर्चस्व तोड्ने दाउमा छन्।
- कांग्रेसले चतुरबहादुर चन्द र नेकपाले परमानन्द भट्टलाई उम्मेदवार बनाएका छन्, जसले चुनावलाई रोचक बनाएको छ।
धनगढी । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्ला तीन वटा निर्वाचनमा एमालेले आफ्नो वर्चस्व कायम राख्दै आएको छ । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा एमाले चौथो जितको खोजीमा रहँदा अन्य प्रतिस्पर्धी भने एमालेको वर्चस्व अन्त्य गरी इतिहास रच्ने दाउमा रहने छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा कुल १ लाख ५६ हजार ३७२ मतदाता छन् । यहाँ विभिन्न दल र एक स्वतन्त्र गरी ११ जना उम्मेदवार छन् ।
बैतडीबाट ०७० को दोस्रो संविधान सभा निर्वाचन, ०७४ र ०७९ को संसदीय निर्वाचन गरी लगायातर तीन वटा निर्वाचनमा एमालेका दामोदर भण्डारी निर्वाचित भएका थिए । उनी यसपटक चौथो जितको खोजीमा छन् ।
२०७९ सालमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर कुँवरलाई पराजित गरेका भण्डारी यस पटक प्रतिस्पर्धीहरू गठबन्धनविना चुनाव मैदानमा उत्रिएका कारण नतिजा सहजै आफ्नो पक्षमा आउने भन्दै ढुक्क छन् । ०७९ को निर्वाचनमा एमालेका भण्डारी ३३ हजार ६११ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत पाएका थिए ।
बैतडीबाट निर्वाचित भएर भण्डारीले पटक–पटक मन्त्री बन्ने मौकासमेत पाइसकेका छन् । अघिल्लो निर्वाचनमा विपक्षीहरू गठबन्धनसहित प्रतिस्पर्धामा आउँदासमेत सहजै पराजित गरेका कारण उनी आसन्न निर्वाचनमा गठबन्धनविनाका प्रतिस्पर्धीलाई सहजै पन्छाउन सक्ने विश्वासमा छन् ।
यद्यपि जेनजी आन्दोलनपछि परिवर्तित राजनीतिक अवस्था, जेनजी आन्दोलनप्रति एमालेले राख्दै आएको दृष्टिकोण र परिवर्तनको पक्षमा देखिएको देशव्यापी लहरका कारण आसन्न निर्वाचन उनका लागि सहज भने देखिँदैन । यसपटक उनका अगाडि सबै प्रतिस्पर्धी नयाँ अनुहार छन् । युवा पुस्ता जुर्मुराएको अवस्था एकातिर छ भने अर्कोतिर जेनजी आन्दोलनका समयमा सरकारको नेतृत्वमा उनकै पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका कारण एमालेप्रति कतिपय मतदाता अनुदार देखिएका छन् ।
यसपटकको चुनावमा सबैभन्दा रोचक पक्ष यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को उम्मेदवारी र त्यसको पछाडि बनेको समीकरण हो । नेकपाले पूर्वएमाले नेता परमानन्द भट्टलाई उम्मेदवार बनाएको छ । भट्ट एमाले बैतडीका संस्थापक मानिन्छन् । कुनै समय भट्ट एमालेको नेतृत्वमा हुँदा अहिलेका एमाले उम्मेदवार दामोदर भण्डारी विद्यार्थी राजनीति गर्थे । आज तिनै गुरु र चेला चुनावी मैदानमा आमने–सामने छन् ।
दामोदर भण्डारीलाई टक्कर दिन नेपाली कांग्रेसले यसपटक खेलकुद क्षेत्रका हस्ती चतुरबहादुर चन्दलाई अघि सारेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसमेत रहेका चन्द बैतडी कांग्रेसका सभापति हुन् ।
शिक्षण पेसा छाडेर राजनीतिमा होमिएका चन्द पनि जिल्लामा प्रभावशाली व्यक्ति मानिन्छन् । २०४७ सालमा नेविसंघबाट राजनीति सुरु गरेका उनी शिक्षक संघको नेतृत्व गर्दै पार्टीको जिल्ला सभापति बनेका हुन् । क्यानको अध्यक्षका रूपमा दुई कार्यकाल काम गर्दा नेपाली क्रिकेटले पाएको सफलतालाई उनी आफ्नो चुनावी एजेन्डा बनाइरहेका छन् ।
‘जसरी क्रिकेटलाई सफल बनाइयो, त्यसरी नै बैतडीको समग्र विकास गर्नेछु,’ चन्द मतदातामाझ भन्ने गर्छन् । कांग्रेस आफ्नो पुरानो साख फर्काउने दाउमा छ भने चन्द आफ्नो व्यक्तिगत लोकप्रियतालाई भोटमा बदल्ने प्रयासमा छन् ।
यसपटकको चुनावमा सबैभन्दा रोचक पक्ष यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को उम्मेदवारी र त्यसको पछाडि बनेको समीकरण हो । नेकपाले पूर्वएमाले नेता परमानन्द भट्टलाई उम्मेदवार बनाएको छ । भट्ट एमाले बैतडीका संस्थापक मानिन्छन् । कुनै समय भट्ट एमालेको नेतृत्वमा हुँदा अहिलेका एमाले उम्मेदवार दामोदर भण्डारी विद्यार्थी राजनीति गर्थे । आज तिनै गुरु र चेला चुनावी मैदानमा आमने–सामने छन् ।
सुदूरपश्चिममा प्रभावशाली मानिएका भीम रावलको आगमनले नेकपालाई थप फाइदा पुगेको छ । भीम रावलको आगमन र जिल्लामा एमाले संगठन विस्तारमा ठुलो योगदान गरेका भट्टलाई नेकपाले उम्मेदवार बनाएबाट एमालेकै असन्तुष्ट पक्षको मतसमेत तान्न सक्ने आकलन गरिएको छ । भट्टले जिल्लामा सुशासन र विकासको एजेण्डा अघि सार्दै भण्डारीको विरासत तोड्ने दाबी गरेका छन् ।
बैतडी पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला हो । त्यसैले यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रतिष्ठा पनि दाउमा छ । यसपटक राप्रपाले लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।
भुपेनको परिचय बहुआयामिक छ । उनी पेसाले आईटी इन्जिनियर, पाइलट र अभिनेता पनि हुन् । उनको यो सेलिब्रेटी छविले सुदूरपश्चिममै एउटा तरङ्ग ल्याएको छ । उनी मतदाताकहाँ पुगेर पैसा र प्रलोभनमा नफस्न आग्रह गरिरहेका छन् । राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टका अनुसार भुपेनको उपस्थितिले पार्टी संगठनमा नयाँ ऊर्जा थपेको छ ।
२०७९ सालको समानुपातिक मतपरिणामलाई आधार मान्ने हो भने यहाँ निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा कांग्रेसले समानुपातिकमा २८ हजार १०६ मत ल्याउँदा एमालेले २६ हजार ८९७ मत पाएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेस परित्याग गरेका हरिमोहन भण्डारीलाई उम्मेदवार बनाएको छ । विगतमा दुई पटक प्रदेश सभामा पराजित भण्डारी यसपटक नयाँ पार्टी र नयाँ भिजनसहित मैदानमा छन् । आफूलाई नयाँ शक्ति दाबी गर्दै उनी मतदाताको घरदैलोमा पुगेर मत बटुल्ने प्रयास गरिरहेका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट रामसिंह कुँवर, जसपा नेपालबाट आनसिंह भण्डारी, नेमकिपाबाट नवराज कोइराला, आम जनता पार्टीबाट विसनसिंह बोहरा र श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय पनि प्रतिस्पर्धामा छन् ।
बैतडीका मतदाता भने यसपटक निकै सचेत देखिएका छन् । दशरथ चन्द नगरपालिका, गुरुखोलाका ६७ वर्षीय धर्मानन्द भट्ट यसपटक पार्टीभन्दा पनि काम गर्ने मान्छे छानेर भोट दिने बताउँछन् ।
डिलासैनी गाउँपालिकाका महेश कार्की यस पटक बैतडीले विगतको भन्दा फरक नतिजा दिन सक्ने बताउँछन् । ‘चार–पाँच जनाबिच प्रतिस्पर्धा छ । पुरानाले काम गरेनन् भन्ने गुनासो छ,’ उनले भने ।
मेलौलीका मीनबहादुर विष्ट दुर्गमका समस्या ज्युँका त्युँ रहेको भन्दै आक्रोश पोख्छन् । यसपटक मतदाताले पार्टीको नाम र झन्डामात्र हेरेर नभइ पटक–पटक टुटेको भरोसालाई सम्झेर मतदान गर्ने उनको भनाइ छ ।
२०७९ सालको समानुपातिक मतपरिणामलाई आधार मान्ने हो भने यहाँ निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा कांग्रेसले समानुपातिकमा २८ हजार १०६ मत ल्याउँदा एमालेले २६ हजार ८९७ मत पाएको थियो ।
यस्तै नेकपा माओवादी केन्द्रले ११ हजार ४२४, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ९३९, रास्वपाले ४ हजार ५१६ र राप्रपाले ३ हजार ९४० मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण