मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्यासमा कालोबजारी र कृत्रिम अभाव छैन, समस्या आपूर्तिमै हो– वाणिज्य विभाग

बुधबार, २८ माघ २०८२, १९ : २६
बुधबार, २८ माघ २०८२

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुमा उद्योगी वा व्यापारीको कालोबजारी नभई आपूर्तिमै कमी हुनु मुख्य कारण रहेको निष्कर्ष निकालेको छ ।

विभागका निर्देशक नरहरि तिवारीले ग्यासका अभावका सन्दर्भमा बजारमा गरिएको अनुगमनको विषयमा स्पष्ट पार्दै उद्योगले ग्यास लुकाएको वा कालोबजारी गरेको नभेटिएको बताएका हुन् । 

निर्देशक तिवारीले भने, ‘हाम्रो अनुगमन र विश्लेषणले ग्यासमा कालोबजारी भएको देखाउँदैन । अनुगमनका क्रममा बढी मूल्य लिएको, अनावश्यक सञ्चय गरेको वा कृत्रिम अभाव सिर्जना गरेको पाइएन ।’ 

बजारमा उपभोक्ताले ग्यास पाउन मुस्किल भइरहेको गुनासो गरिरहँदा विभागले भने यसलाई आपूर्तिमा भएको कमी भनेको छ । निर्देशक तिवारीका अनुसार बजारमा ग्यासको अभाव वास्तविक हो र यो व्यापारीले लुकाएर नभई आयात नै कम भएको कारणले सिर्जना भएको हो । 

यता आयल निगमले भने ग्यास आपूर्ति पर्याप्त रहेको बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप