इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपः आसाम फाइनलमा
सारांश
- इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा आसाम पुग्यो।
- सेमिफाइनलमा डडेल्धुरालाई हराएर आसामले जित निकाल्यो।
- गोकुल शर्मा प्लेयर अफ द म्याच घोषित भए र उनले पुरस्कार पाए।
झापा । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसाम प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा नेपालको फ्रेण्डस् युथ क्लब डडेल्धुरालाई दुई विकेटले पराजित गर्दै आसामले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १९।१ ओभर खेल्दै सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । उसका लागि दीपक बोहोराले ३१ बलमा ४० रन बनाए भने आशीष लुहारले २७ रन बनाए ।
डडेल्धुरालाई सस्तैमा समेट्न आसामका तर्फबाट गोकुल शर्माले ४ ओभरमा मात्र १७ रन खर्चिएर तीन विकेट लिए । साथै तपनकुमार शर्मा र प्राञ्जल भारालीले समान २–२ तथा निहार डेका र निबिर डेकाले १–१ विकेट लिए ।
जवाफमा आसामको सुरुआत पनि राम्रो हुन सकेन । १२ रन छँदा चार विकेट गुमाएको आसामले अन्तिम ओभरमा मात्र जीत हासिल गर्यो । आसामले १९।२ ओभरमा आठ विकेट क्षतिमा ९५ रनको लक्ष्य पूरा गर्यो ।
आसामका लागि गोकुल शर्मा र स्वस्तिक क्षेत्रीले समान ३२ रनको योगदान दिए । डडेल्धुराका लागि अजय चौहानले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए । बलिङ र ब्याटिङ, दुवैमा चम्किएका गोकुल शर्मा प्लेयर अफ द म्याच भए । उनले नगद रु ११ हजारसहित ट्रफी प्राप्त गरे ।
बिहीबार आयोजक भद्रपुर क्रिकेट क्लब र आसामबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमले रु पाँच लाखसहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले रु तीन लाखसहित शिल्ड प्राप्त गर्ने प्रतियोगिताका संयोजक गौरब सुब्बाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण