मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

इङ्ल्यान्ड विरुद्धको खेलपछि आत्मविश्वास बढेको छ : लोकेश बम

बिहीबार, २९ माघ २०८२, १४ : ०८
बिहीबार, २९ माघ २०८२

सारांश

  • नेपाली क्रिकेट टोलीका खेलाडी लोकेश बम र शेर मल्लले इङ्ल्यान्डविरुद्धको खेलपछि आत्मविश्वास बढेको बताए ।
  • नेपालले इङ्ल्यान्डसँगको खेलमा हार बेहोरे तापनि खेलाडीहरूले दोस्रो खेलमा राम्रो गर्ने बताएका छन् ।
  • आज दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ, जसमा खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छन्।

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू लोकेश बम र शेर मल्लले इङ्ल्यान्ड विरुद्धको खेलपछि आत्मविश्वास बढेको बताएका छन् । आइसीसी टिट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली इङ्गल्यान्डसँग चार रनले पराजित भएको थियो ।

पहिलो खेलमा इङ्गल्यान्डसँग पराजित भएको नेपाली टोली आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेलअघि नेपाली राष्ट्रिय टोलीका खेलाडी लोकेश बम र शेर मल्लले इङ्गल्यान्डसँग खेलपछि आफ्नो आत्मबल धेरै बढेको बताएका छन् । 

लोकेशले पहिलो खेलमा नतिजा नआए पनि आजको खेलमा जसरी भएनि नेपाली टोलीको पक्षमा नतिजा आउने बताएका छन् । त्यस्तै, नेपाली टोलीमा डेब्यु ड्रिम गरेका शेर मल्लले आफ्नो अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप