नेपालले दियो इटालीलाई १२४ रनको लक्ष्य
सारांश
- आईसीसी टी-२० विश्वकपमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ।
- नेपाल १९.३ ओभरमा अलआउट हुँदै १२३ रनमा समेटियो र ब्याटिङमा कमजोर प्रदर्शन गर्यो।
- इटालीका क्रिसन कलुगामागेले ३ विकेट लिए भने आरिफ शेखले २७ रन बनाए।
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ । बुधबार भारतको वाङ्खेडे स्टेडियममा दोस्रो खेल खेलेको नेपाल १९.३ ओभरमा अलआउट हुँदै १२३ रनमा समेटिएको हो । पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि हार टार्न नसकेको नेपाल आज भने ब्याटिङतर्फ कमजोर देखियो ।
सवा ३ बजे सुरु भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । सुरुवातदेखि नै दबाबमा परेको नेपालले लगातार विकेट गुमायो र ठूलो साझेदारी बनाउन सकेन ।
इटालीका क्रिसन कलुगामागेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । उनले गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेललाई आउट गरेपछि नेपालको मध्यमक्रम दबाबमा परेको थियो ।
नेपाली ब्याटरमध्ये कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । आरिफ शेखले २४ बलमा २७ रन बनाएर सर्वाधिक रन जोडे । कप्तान रोहित पौडेलले १४ बलमा २३ रन तथा आशिफ शेखले २० बलमा २० रन बनाए ।
अघिल्लो खेलमा इंग्ल्यान्डविरुद्ध शानदार प्रदर्शन गरेका लोकेश बम आज भने ५ बलमा ३ रनमै सीमित भए । गुलसन झाले ४ बलमा ३ रन बनाए भने नन्दन यादव शून्यमै रनआउट भए । दीपेन्द्र सिंह ऐरीले १८ बलमा १७ रन जोडे । सन्दीप लामिछाने ७ बलमा ५ रन बनाएर पेभेलियन फर्किए ।
ब्याटरहरूको प्रदर्शन कमजोर रहे पनि अलराउन्डर करन केसीले भने केही संघर्ष देखाए । नटआउट रहेका उनले ११ बलमा १८ रन जोडे । अन्तिम विकेटका रूपमा ललित राजवंशी २ बल खेल्दै शून्यमै रनआउट भए । ओपनर कुशल भुर्तेल पनि ५ रनमै आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण