४ जना मृतावस्थामा फेला
बिहीबार, २९ माघ २०८२, १७ : ३७
सारांश
- रूपन्देही, मोरङ, र सुनसरीमा गरी ४ जना मृत अवस्थामा फेला परेका छन्।
- रूपन्देहीमा २४ वर्षीय युवक, मोरङमा ८० वर्षीय वृद्ध, र सुनसरीमा एक पुरुष र एक महिला मृत फेला परे।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ।
काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार रूपन्देहीको मायादेवी गाउँपालिका-४ सेमरीस्थित दनाव खोलामा सोही गाउँपालिका-३ हरहरवा बस्ने २४ वर्षीय हरिकेश चाई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका-८ जोगी डॉडा बस्ने ८० वर्षीय कर्ण बहादुर जोगी पनि आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका- ११ लिम्बु टोलस्थित कोशी नहरमा अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-७ हरिपुरमा अन्दाजी ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण