टी–२० विश्वकप २०२६
टी–२० विश्वकपः नेपालविरुद्ध इटाली १० विकेटले विजयी
बिहीबार, २९ माघ २०८२, १७ : ५६
मुम्बई । टी–२० विश्वकपमा नेपालविरुद्ध इटाली १० विकेटले विजयी भएको छ ।
ओपनरद्वय एन्थोनी मस्का र जस्टिन मस्का चम्किएको खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ दशमलव ४ ओभरमै भेट्टायो । यस क्रममा जस्टिनले ४४ बलमा ६० रन बनाए भने एन्थोनीले ३२ बलमा ६२ रनको योगदान दिए ।
नेपालले अघिल्लो खेलमा इंग्ल्यान्डसँग पराजय भोगेको थियो । स्कटल्यान्डसँग पहिलो खेलमा हार बेहोरेको इटालीले भने जितको खाता खोलेको छ ।
आज ३ ओभर बलिङ गरेका सन्दीप लामिछानेले ३१ रन दिए भने मात्र एक ओभर बलिङ गरेका ललित राजवंशीले १९ रन खर्चिए । नेपालका लागि आज ६ बलरले बलिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण