'गरिमा सुवर्ण योजना' सार्वजनिक रुपमा निष्काशन गर्न स्वीकृति
काठमाडाैँ । गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक (Found Sponsor) तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक(Found Manager) रहेको रु. १ अर्ब बराबरको पहिलो खुलामुखी योजना (Open–Ended Scheme) “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस योजना विकास बैंक कोष प्रवद्र्वक रहने गरी निष्काशन हुने नेपालकै पहिलो खुलामुखी योजना हो । प्रारम्भिक रुपमा रु.५० करोड रकम बराबरको प्रति इकाई रु.१० को दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्काशन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाई सम्म आवेदन दिन सक्नेछन् ।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने गरी यसपूर्व सार्वजनिक निष्काशन गरिएको रु.१ अर्ब २५ करोड रकम बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” हाल सञ्चालनमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण